पूर्व राजा ज्ञानेन्द्रमाथि कानुनी कारबाही अघि बढाउन सरकार नडराओस्’ – बैकुण्ठनाथ दहाल

पूर्व राजा ज्ञानेन्द्रमाथि कानुनी कारबाही अघि बढाउन सरकार नडराओस्’ – बैकुण्ठनाथ दहाल

काठमाडौं चैत्र ७ । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दहालले पूर्व राजा ज्ञानेन्द्र शाहमाथि कानुनी कारबाही अघि बढाउन सरकार हिच्किचाउन नहुने बताएका छन्। Raid Media सँग कुराकानी गर्दै उनले संविधानको रक्षा गर्दै अराजक गतिविधिहरू नियन्त्रण गर्न सरकार दृढ हुनुपर्ने बताए।

‘लोकतान्त्रिक व्यवस्थाविरोधी क्रियाकलापलाई सरकारले कानुनी दायरामा ल्याउन जरुरी छ। यदि सडकमा देखिएका अराजक तत्वहरूलाई नियन्त्रण नगर्ने हो भने स्थिति नियन्त्रणबाहिर जान सक्छ,’ दहालले भने।

उनले  अराजक गतिविधिहरू रोक्न आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताए। ‘संविधान मिच्नेलाई कानुनी कारबाही अनिवार्य छ। लोकतान्त्रिक दलहरू तुरुन्तै एकजुट भएर व्यवस्थाको रक्षा गर्नुपर्छ,’ उनले जोड दिए।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP