चैत्र ७ गतेदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं, चैत्र ६ – देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि चैत्र ७ गतेदेखि एकसाथ सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यस वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षा २०७९ वटा परीक्षा केन्द्र र विदेशमा १ परीक्षा केन्द्र गरी २०८० परीक्षा केन्द्र सञ्चालन हुने व्यवस्था गरिएको छ। विगतको तुलनामा यस वर्ष केही परीक्षा केन्द्र थपिएका छन्

परीक्षा व्यवस्थापन कडा

परीक्षा व्यवस्थित गर्नका लागि यस वर्ष अनुगमन प्रणाली कडा पारिएको छ। परीक्षाको मर्यादा कायम राख्न विशेष व्यवस्था मिलाइएको छ।

  • परीक्षा हलमा हुलहुज्जत नगर्न निर्देशन दिइएको छ।
  • परीक्षाको निष्पक्षता सुनिश्चित गर्न अनुगमन टोली परिचालन गरिएको छ।
  • प्रदेश र जिल्ला स्तरमा अनुगमन समितिहरू सक्रिय बनाइएका छन्।

प्रश्नपत्र सबै केन्द्रमा पुर्‍याइयो

फागुन १७ गतेदेखि प्रश्नपत्र ढुवानी सुरु गरिएको थियो। परीक्षा नियन्त्रक पौडेलका अनुसार फागुन २६ गतेसम्म सबै जिल्लामा प्रश्नपत्र पुर्‍याइसकिएको छ भने काठमाडौंका परीक्षा केन्द्रमा फागुन २७ भित्रै प्रश्नपत्र पु¥याइएको छ।

नतिजा असार ७ भित्र सार्वजनिक गर्ने योजना

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने कार्ययोजना स्वीकृत गरिसकेको छ। सोही अनुसार असार ७ भित्र नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक पौडेलले बताए।

ग्रेडिङ प्रणाली लागू

यस वर्ष पनि लेटर ग्रेडिङ प्रणाली अनुसार मूल्यांकन हुनेछ।

  • सैद्धान्तिक (थ्योरी) परीक्षामा कम्तीमा ३५% अंक
  • प्रयोगात्मक (प्राक्टिकल) परीक्षामा ४०% अंक अनिवार्य छ।
  • दुबैमा आवश्यक न्यूनतम अंक पुगेपछि मात्रै ओभरअल ग्रेड निर्धारण गरिनेछ।

विद्यार्थीलाई संयमित भएर परीक्षा दिन आग्रह

परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूलाई परीक्षा सहज र मर्यादित बनाउन अनुरोध गरेको छ।
"एसईई परीक्षा गाह्रो होइन, व्यवस्थित परीक्षा हो। आत्मविश्वासका साथ परीक्षा दिन विद्यार्थीहरूलाई अनुरोध गर्दछु।" – परीक्षा नियन्त्रक पौडेल

परीक्षा मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै अभिभावकहरूलाई समेत सचेत रहन अनुरोध गरिएको छ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP