परीक्षा २०७९ वटा परीक्षा केन्द्र र विदेशमा १ परीक्षा केन्द्र गरी २०८० परीक्षा केन्द्र सञ्चालन हुने व्यवस्था गरिएको छ। विगतको तुलनामा यस वर्ष केही परीक्षा केन्द्र थपिएका छन्।
परीक्षा व्यवस्थित गर्नका लागि यस वर्ष अनुगमन प्रणाली कडा पारिएको छ। परीक्षाको मर्यादा कायम राख्न विशेष व्यवस्था मिलाइएको छ।
फागुन १७ गतेदेखि प्रश्नपत्र ढुवानी सुरु गरिएको थियो। परीक्षा नियन्त्रक पौडेलका अनुसार फागुन २६ गतेसम्म सबै जिल्लामा प्रश्नपत्र पुर्याइसकिएको छ भने काठमाडौंका परीक्षा केन्द्रमा फागुन २७ भित्रै प्रश्नपत्र पु¥याइएको छ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने कार्ययोजना स्वीकृत गरिसकेको छ। सोही अनुसार असार ७ भित्र नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक पौडेलले बताए।
यस वर्ष पनि लेटर ग्रेडिङ प्रणाली अनुसार मूल्यांकन हुनेछ।
परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूलाई परीक्षा सहज र मर्यादित बनाउन अनुरोध गरेको छ।
"एसईई परीक्षा गाह्रो होइन, व्यवस्थित परीक्षा हो। आत्मविश्वासका साथ परीक्षा दिन विद्यार्थीहरूलाई अनुरोध गर्दछु।" – परीक्षा नियन्त्रक पौडेल
परीक्षा मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै अभिभावकहरूलाई समेत सचेत रहन अनुरोध गरिएको छ।
काठमाडौं, वैशाख ३ – डेढ दशकअघि सार्वजनिक चासोको केन्द्र बनेको युनिटी नेटवर्किङ व्यवसायसम्बन्धी ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!