काठमाडौं, चैत्र ६– नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा राखेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे पार्टीभित्रै घेराबन्दीमा परेका छन्। मंगलबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रवक्ता प्रकाशशरण महतलगायत नेताहरूले घिमिरेको अभिव्यक्तिले पार्टीको बदनाम गराएको भन्दै कडा आपत्ति जनाएका थिए।
महिला सांसदहरूले बुधबार संसदमा घिमिरेको अभिव्यक्तिको विरोध गर्दै त्यसलाई संसदीय रेकर्डबाट हटाउन माग राख्ने तयारी गरेका छन्।
के घिमिरे कारबाहीमा पर्छन्?
कांग्रेस नेताहरूले घिमिरेको अभिव्यक्ति पार्टीको आधिकारिक नीति विपरीत रहेको भन्दै उनलाई प्रमुख सचेतक पदबाट हटाउने विषयमा छलफल गरिरहेका छन्। पार्टी विधानअनुसार, अनुशासन विरोधी गतिविधिमा संलग्न व्यक्तिलाई सचेत गराउने, जिम्मेवारीबाट हटाउने वा आवश्यक परे कारबाहीसमेत गर्न सकिन्छ।
घिमिरेले आफ्नो धारणा व्यक्तिगत रहेको दाबी गरेका छन्, तर पार्टी नेतृत्व यस विषयमा कडा निर्णय लिने तयारीमा रहेको स्रोतहरू बताउँछन्। अब कांग्रेस नेतृत्वले घिमिरेलाई कारबाही गर्छ वा चेतावनी दिएर सीमित राख्छ त्यो भने हेर्न वाकी छ।उनी यतिबेला सबैतिर आलोचित छन।
काठमाडौं, वैशाख ३ – डेढ दशकअघि सार्वजनिक चासोको केन्द्र बनेको युनिटी नेटवर्किङ व्यवसायसम्बन्धी ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!