काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायतासम्बन्धी कार्यकारी आदेश जारी गरेपछि नेपाललाई दिइने आर्थिक सहायता अन्योलमा परेको थियो। तर, ट्रम्प प्रशासनकै एक वरिष्ठ अधिकारीले नेपाललाई प्रदान गरिने आर्थिक सहयोग निरन्तर रहने दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलले मंगलबार भारतको नयाँ दिल्लीमा परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटवार्तामा अमेरिकाले नेपाललाई निरन्तर सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
राइसिना डायलोग कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुगेकी मन्त्री राणाले ‘साइडलाइन’ वार्ताका क्रममा गिलसँग हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन्।
राष्ट्रपति ट्रम्पले नेपाललाई प्रदान गरिने अनुदानलाई ‘फ्रड’ को संज्ञा दिएका बेला अमेरिकी अधिकारीको यस्तो धारणा आउनु महत्वपूर्ण मानिएको छ। यो प्रतिबद्धताले नेपालमा सञ्चालन भइरहेका अमेरिकी सहयोग परियोजनाहरूलाई निरन्तरता दिन सक्ने अनुमान गरिएको छ।
नेपाल-अमेरिका सम्बन्धका विभिन्न विषयमा भएको छलफलका क्रममा गिलले आर्थिक सहायतासँगै अन्य द्विपक्षीय सहयोग पनि जारी रहने संकेत दिएका छन्। यसबारे अमेरिकी सरकारको औपचारिक धारणा आउन भने बाँकी छ।
काठमाडौं, वैशाख ३ – डेढ दशकअघि सार्वजनिक चासोको केन्द्र बनेको युनिटी नेटवर्किङ व्यवसायसम्बन्धी ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!