नेपाल बिमा प्राधिकरणका अध्यक्ष ओझा विरुद्ध अख्तियारमा उजुरी दर्ता
सम्बादाता
२०८१-११-२६
344
Shares
२६ फागुन ,काठमाडौं । नेपाल बीमा प्राधिकरणमा हालसालै अध्यक्षमा नियुक्ति पाएका शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
झुठो कार्यानुभव पेस गरेर ओझा बीमा प्राधिकरणको अध्यक्ष बन्न सफल भएको दाबी गर्दै अख्तियारमा उजुरी परेको हो।
सुशासनको न्यूनतम मापदण्डहरुको समेत बर्खिलाप हुने गरी पछिल्लोपटक बीमा प्राधिकरणमा ओझाले अध्यक्ष पदको नियुक्ति हात पार्न सफल भएको उजुरीमा उल्लेख गरिएकोछ।
मन्त्रिपरिषदको २०८१ साल फागुन १२ गते बसेको बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो।
ओझाले नेपाल सरकारलाई ढाँटेर झुटो विवरण बुझाइ अध्यक्षमा नियुक्त भएको उजुरीमा दाबी गरिएको छ।
ओझाले प्राधिकरणमा अध्यक्ष बन्न जुन–जुन निकायबाट अनुभवसम्बन्धी प्रमाणपत्र बुझाएका छन्, ती निकायहरुसँग अनुभवका आधारहरु माग गर्दा सत्यतथ्य छर्लंग हुने उजुरीमा दाबी गरिएको छ। ‘ओझाले क्लिकमाण्डु डटकममा वरिष्ठ प्रबन्धकका रुपमा काम गरेको योग्यताको प्रमाणपत्र बुझाएको विभिन्न सञ्चारमाध्यममार्फत खबर आएको छ’, उजुरीमा भनिएको छ, ‘यस विषयमा क्लिकमाण्डु डटकमले बुझाएको दरबन्दी विवरण झिकाएर सत्यतथ्य उजागर हुनुपर्छ।’
बीमा ऐनले परिकल्पना गरेको बैंक, वित्त, बीमालगायतका क्षेत्रमा आवश्यक पर्ने अनुभव पनि उनीसँग नरहेको उजुरीमा उल्लेख छ। ‘उनले बुझाएका विभिन्न निकायमा काम गरेको अनुभवको प्रमाणपत्रमा अधिकांश एउटै समय अवधिको रहेको बुझिन्छ।’
नेपाल सरकारलाई झुट्टा विवरण बुझाएर लाखौँ लाख बीमितले तिरेको करिब ७ खर्ब रुपैयाँको सदुपयोग गरी बीमितको हित र देश विकासमा योगदान दिनुपर्ने नियामक निकाय बीमा प्राधिकरणजस्तो निकायमा नियुक्त हुन सफल ओझामाथि छानबिन गरी तत्काल कारबाही गर्न उजुरीमार्फत अख्तियारसँग माग गरिएको छ।यो घटना सगै अकेक खाले टिक्काटिपणी सुरु हुन थालेकाछन।
सम्बादाता
२०८१-११-२६
344
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!