काठमाडौं, रेड मिडिया – सगरमाथा आरोहणको लागि तयारीसहित प्रस्थान गर्न लागेकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममार्फत बिदाइ गरिएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत शेर्पालाई सोमबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले **‘लैंगिक हिंसा विरुद्ध’**को सन्देश समेटिएको ब्यानर हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिनुभयो।
आईजीपी थापाले शेर्पाको साहसिक कदमले महिलाको सशक्तिकरण, प्रहरी संगठनको गरिमा तथा राष्ट्रको गौरव थप उच्च बनाउने विश्वास व्यक्त गर्दै, आरोहण दललाई आवश्यक सहजीकरण र सहयोग पुर्याउने सबै सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिप्रति आभार व्यक्त गर्नुभयो।
प्रहरी सहायक निरीक्षक शेर्पा विश्वकै सर्वोच्च शिखर सगरमाथा चढेर प्रहरी संगठनको पहिचानलाई अझ बुलन्द बनाउने उद्देश्यमा अघि बढेकी हुन्। प्रहरी सेवामा कार्यरत महिलाको प्रतिनिधित्व गर्दै उहाँको यो प्रयास सम्पूर्ण संगठनका लागि गर्वको विषय बनेको छ।
सगरमाथा आरोहणमार्फत सामाजिक सन्देश प्रवाह गर्दै राष्ट्र र प्रहरी संगठनको प्रतिष्ठा उचो बनाउने लक्ष्यसहित शेर्पा अहिले अन्तिम तयारीमा जुटेकी छन्।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया