काठमाडौं, चैत २६ – भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबारदेखि बिहीबारसम्म देशभर वर्षा हुने भएको छ। मौसमविद्हरूका अनुसार, काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मका पहाडी जिल्लामा छिटपुटदेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। वर्षासँगै वातावरणीय प्रदूषणमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
मौसमविद् हरिप्रसाद दाहालले मंगलबार अपराह्नदेखि पानी पर्ने सम्भावना रहेको जनाएका छन्। उनका अनुसार मंगलबार सामान्य, बुधबार अलिकति व्यापक, र बिहीबार पूर्वी क्षेत्रमा बढी वर्षा हुने देखिएको छ।
“आज काठमाडौं उपत्यकामा १–५ मिलिमिटर जति वर्षा हुन सक्छ,” उनले भने, “बुधबारको वर्षा केही स्थानमा ५–१५ मिलिमिटरसम्म पुग्न सक्छ, जुन हल्कादेखि मध्यम वर्षाको श्रेणीमा पर्छ।”
वर्षाको मात्रा स्थान अनुसार फरक हुने भए पनि पूर्वी उच्च पहाडी र हिमाली क्षेत्रहरूमा वर्षासँगै हल्का हिमपातको सम्भावना पनि देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको बुलेटिन अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्ने देखिएको छ। बाँकी भूभागका एक-दुई स्थानमा पनि यस्तै अवस्था रहने उल्लेख गरिएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।
यस वर्षाले काठमाडौं, पोखरा, धरान, हेटौंडा लगायतका प्रदूषण प्रभावित सहरहरूमा वायूको गुणस्तर सुधार्ने अपेक्षा गरिएको छ। पछिल्ला केही दिनदेखि वायू प्रदूषण ‘अस्वास्थ्यकर’ तहमा पुगेको थियो।
वर्षाको असरले तापक्रममा समेत केही गिरावट आउनेछ। मौसमविद्हरूले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, ओसिलो बाटोमा सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।
काठमाडौं, वैशाख २४– एअरपोर्ट सूचना विभागअगाडि गौशालाबाट कोटेश्वरतर्फ जाँदै गरेको एक यात्रुबाहक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!