पुर्ब राजा काठमाडौ आउने हल्लाले पारियो सुरक्षा ब्यबस्था कडा
सम्बादाता
२०८१-११-२५
685
Shares
२५ फागुन, काठमाडौं । आज काठमाडौको सुरक्षा ब्यबस्था कडा पारिएकोछ।एक साता पोखरा बसाईपछि पुर्ब राजा प्लेन मार्फत काठमाडौ आउदैछन।
ज्ञानेन्द्र साहको लागि स्वागत गर्न भन्दै उनी पक्षधर ब्यक्तिहरुले स्वागतमा आउन आमन्त्रण गरेपछि यहाँको सुरक्षा कडाइ पारिएको जिल्ला प्रसासन कार्यलय काठमाडौले जनाएकोछ।
समर्थकहरुले प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
सुरक्षा स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन् ।
उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।
भिड अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुनसक्ने भएकाले त्यसलाई रोक्ने तयारी गरेको सुरक्षाकर्मीले दाबी गरेकोछ।
सम्बादाता
२०८१-११-२५
685
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!