काठमाडौ २५ चैत्र -श्री पशुपतिनाथ मन्दिरको दिव्य र पावन भूमिमा नौ दिनसम्म सञ्चालन भएको श्रीराम कथाले भक्तजनमा अद्भुत आध्यात्मिक ऊर्जा भरेको बेला, कार्यक्रममा उत्कृष्ट धार्मिक उद्घोषण गर्दै रेड मिडियाकी प्रधान सम्पादक विष्णुमाया पौडेल ‘विश्व हिन्दु रजक पदक’बाट सम्मानित भएकी छिन्।
कार्यक्रमको प्रमुख आयोजक तथा संयोजक सागर थापा, कथाव्यास नारिरत्न आचार्य, वाचिक संयोजिका सुश्री अनुराधा देवी, १०८ श्रीमद्भागवत सत्सङ्कल्पकर्ता मुमुक्षु श्री उद्धव शर्मा लगायतका श्रद्धेय गुरुज्यूहरूको समन्वय र आशिर्वादमा संचालन भएको यस भव्य धार्मिक कार्यक्रममा प्रधान सम्पादक पौडेलले प्रभावशाली उद्घोषणमार्फत धार्मिक भावनालाई जनमानससम्म पुराइन ।
सम्पूर्ण सहभागीहरूको सम्मानका साथ पौडेलले भनिन्,
“पशुपतिनाथको पावन भूमि स्वयंमा शक्तिपुञ्ज हो। यहाँको हरेक शब्द, ध्वनि र भावले मुटु छुन्छ। मलाई यस्तो अवसर दिनुहुने आयोजक, गुरुज्यूहरू, र यति धेरै माया, साथ र सद्भाव देखाउनु हुने सम्पूर्ण श्रद्धेय महानुभावहरूलाई हार्दिक नमन। आज म जे छु, त्यो तपाईंहरूको आशीर्वादकै कारण हो।”
कार्यक्रमका दौरान विभिन्न धर्मप्रेमी, युवा, महिला तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विश्व हिन्दु युवा अन्तर्राष्ट्रिय समितिद्वारा प्रदान गरिने ‘विश्व हिन्दु रजक पदक’ धर्म संस्कार, उद्घोषण कला, सामाजिक संलग्नता र हिन्दु चेतनाका लागि समर्पित उत्कृष्ट व्यक्तित्वलाई प्रदान गरिन्छ। यस वर्ष यो पदकले रेड मिडियाको नेतृत्व सम्हाल्दै आएकी विष्णुमाया पौडेलको योगदानलाई विशेष सम्मान गरेको छ।
उनको उद्घोषणले कथा वाचनलाई अझ सजीव बनाउँदै भावनात्मक प्रवाह सँगै जनचेतना जगाएको सहभागिहरूले बताए। कार्यक्रमको समापनमा पुनः सम्पूर्ण आयोजक परिवार, सहकार्यकर्ता, गुरुज्यूहरू र समर्थकप्रति धन्यवाद व्यक्त गर्दै उनले भनिन्,
“मेरो प्रत्येक शब्द तपाईहरूको उर्जा र आशीर्वादले जिउँदो बनेको हो। जय श्रीराम! जय श्री पशुपतिनाथ!”
पशुपतिनाथको दिव्य छायामा गरिएको यस श्रीरामकथा महोत्सवले धार्मिक चेतना अभिवृद्धि मात्र होइन, सांस्कृतिक एकताको सन्देश पनि दिएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया