"मन्त्री भण्डारीबाट संघ भवन उद्घाटन, वैदेशिक रोजगार क्षेत्रको ऐतिहासिक उपलब्धि"

काठमाडौ ,२५ चैत्र -नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज आफ्नो ऐतिहासिक भवनको उद्घाटनको अवसरमा नयाँ अध्याय सुरु गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री शरत सिंह भण्डारीले संघको चारतल्ले प्रशासनिक भवन उद्घाटन गर्दै यसलाई सम्पूर्ण व्यवसायी समुदायको गौरवको क्षण बताउनुभयो।

सार्वजनिक भवन उद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री भण्डारीले संघको यो ऐतिहासिक कदमको उच्च मूल्यांकन गर्दै भन्नुभयो, “आजको यो उद्घाटन केवल एउटा भवनको शुरुआत होइन, यो वैदेशिक रोजगार व्यवसायीहरूको भविष्य र एकताको प्रतीक हो। यस्ता भवनहरू व्यवसायीहरूको आवाजलाई अझ बलियो बनाउन, र समाजको भलाईका लागि काम गर्न महत्त्वपूर्ण साबित हुन्छन्।”

संघका अध्यक्ष श्री राजेन्द्र भण्डारी र महासचिव श्री मेघनाथ भुर्तेलको नेतृत्वमा, संघले तीन दशक लामो इतिहासमा आफ्नै भवन स्थापना गर्ने सपना साकार पार्न सफल भएको छ। मेघनाथ भुर्तेलको मार्गदर्शनमा भवन खरिद समितिका सदस्यहरू र सल्लाहकारहरू सँगै सक्रिय रूपमा जुटेर यो उद्देश्य पूरा गर्न योगदान पुर्याएका छन्।

महासचिव श्री मेघनाथ भुर्तेल उद्घाटन समारोहमा भावुक हुँदै भने, “यो भवन हाम्रो सामूहिक प्रयास र एकताको परिणाम हो। हामीले चाहे के हुन्न र भन्ने यो भवन त्यसको ज्वलन्त उदाहरण हो। सबैको योगदान र समर्थनले आज हामी यहाँ खडा भएका छौँ।” उहाँले भवन खरिदको लागि सहयोग गर्ने व्यवसायी, पूर्वअध्यक्ष र अन्य योगदानकर्ताहरूलाई हार्दिक धन्यवाद दिएका थिए।

उद्घाटन कार्यक्रममा उपस्थित पत्रकार मित्रहरू र व्यवसायी समुदायका प्रतिनिधिहरूसँग उत्साहजनक अन्तरक्रिया पनि भएको थियो। मन्त्री भण्डारी र अन्य अतिथिहरूले संघको भविष्यका योजनाबारे जानकारी लिनुका साथै यसको आगामी विकासका लागि शुभकामना दिएका छन्।

यो भवन अब वैदेशिक रोजगार व्यवसायी संघका सबै कार्यालय गतिविधिहरूको केन्द्र बनेको छ, जहाँ अबदेखि व्यवसायीहरूको आवाज अझ प्रभावकारी र प्रकट हुन सक्नेछ। यसले संस्थागत स्थायित्व र पारदर्शिता कायम राख्दै वैदेशिक रोजगार क्षेत्रको सशक्तिकरणमा थप योगदान गर्ने अपेक्षा गरिएको छ।

संघको ऐतिहासिक भवन उद्घाटनले सबै सदस्यहरूको आत्मगौरव र समर्पणको प्रतीक बनेको छ, र यसले संघलाई अझ प्रभावकारी र आत्मनिर्भर बनाउने दिशामा ठूलो कदम चालिएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP