गृहिणी महिला संघ र काठमाडौ वल्ड स्कुलको संयुक्त आयोजनामा "नारी सम्मान २०८१" कार्यक्रम सम्पन्न भएको छ।११५ औ अन्तरास्ट्रिय नारी दिवसको अवसर पारेर पुर्वसन्ध्यामा समाजका विभिन्न बिधाका उत्कृष्ट महिलाहरुलाइ सम्मान गरेको हो।
सानेपा स्थित "The crown" को हलमा बिहान ११:३० बजे माननीय स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भै सुरु भएको हो ।बिशेष अतिथिको रुपमा राज्य ब्यवस्था तथा सुशासन ब्यवस्थापक माननिय कमला पन्त,राष्ट्रिय समाबेसी आयोगका पुर्व अध्यक्ष डा.रामकृष्ण तिमिल्सिना गोकर्णस्वर नगरपालिका प्रमुख दिपक रिसाल ,काठमाडौ वल्ड स्कुलको प्रीन्सिपल शिला चौधरी लगायतको उपस्थिति रहेको थियो।
हरेक बर्ष निरन्तर रुपमा गर्दै आएको बिशेष नारी सम्मान कार्यक्रममा यस बर्ष पनि ११ बिधामा नारी सम्मान प्रदान गरीएको गृहिणी महिला संघ नेपालकी अध्यक्ष अमृता शर्माले बताइन।
सम्मानित हुनेहरुमा एकेडेमीक तर्फ यन्किला सि लामा लोक तथा आधुनिक गायिका तर्फ झुमा वानेम लिम्बु ,टेलिभिजन तथा फिल्म आर्टिस लुनिभा तुलाधर ,खेलकुद तर्फ फुटबल खेलाडी कृति राइ त्यसैगरी उद्घमि तथा सौन्दर्यबिद सुश्मा महरा,साहित्य तर्फ कबियत्री लक्ष्मि श्रेष्ठ ,नेपाल टेलिभिजनकि पत्रकार छहरा दवाडि,अभिनेत्री निशा अधिकारी ,होलिस्टिक हेल्थ कन्सल्टेन्ट प्रेणा शाह,लाइफ कोच तथा समाजसेवी अनुसुया श्रेष्ठ ,पेडियाट्रीसियन अटिजम विशेषज्ञ डा.दीपा खनाल रहेका छन।
सम्बादाता
२०८१-११-२२
581
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!