काठमाडौं, चैत २३ – काठमाडौंको नागार्जुन नगरपालिका–५ स्थित आदेश्वर मन्दिरमा पिसाव छर्केको आरोपमा ६१ वर्षीया मिठु तिवारी गर्तौला पक्राउ परेकी छन्। उनीमाथि आदेश्वर मन्दिर मात्र नभई चुण्डेश्वर, सीतापाइला गणेश र हरिसिद्धी मन्दिरमा समेत यस्तै कार्य गरेको आरोप लागेको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार चैत २१ गते सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दै जाँदा तिवारीलाई पाँच बोतल पिसाव जस्तो पदार्थसहित पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनी २०७६ सालदेखि क्रिस्चियन धर्ममा आस्था राख्दै आएको खुलेको प्रहरीको भनाइ छ।
पक्राउ परेपछि उनलाई मुलुकी फौजदारी संहिता, २०७४ को ‘धर्म सम्बन्धी कसुर’ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ। उनका विरुद्ध अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मन्दिर परिसरमा यस्ता आपत्तिजनक कार्यले धार्मिक सहिष्णुता, जनभावना र सार्वजनिक शान्तिमा आँच पु-याउने खतरा रहेको हुँदा यस विषयलाई गम्भीर रूपमा लिइएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया