कास्की २३ चैत्र — अन्नपूर्ण पदमार्गमा हराएका चिनियाँ नागरिकको शव १३ दिनपछि हिमपहिरोको क्षेत्रबाट फेला परेको छ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुम्रुङमाको क्षेत्रमा चैत ११ गतेदेखि बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई चेङ्गयुङको शव सशस्त्र प्रहरी बल नेपालले चैत २३ गते फेला पारेको हो।
ई चेङ्गयुङ अन्नपूर्ण बेसक्याम्पबाट घान्द्रुकतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट विपद् व्यवस्थापन टोली सहितको सुरक्षा फौज परिचालन गरिएको थियो। सोही टोलीले चैत २३ गते दिउँसो साढे १२ बजे उनको शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मस्र्याङ्दी नदीमा चैत २२ गते बेपत्ता भएका युवकको खोजीकार्य पनि जारी रहेको छ।
शुक्लागण्डकी नगरपालिका–५ बस्ने अन्दाजी २० वर्षीय आशिष राना मस्र्याङ्दी नदीमा डुबेर बेपत्ता भएका हुन्। उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट तालिमप्राप्त गोताखोर टोली र सशस्त्र प्रहरी बल नं. २३ मनकामना गण, तनहुँबाट प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया