कलाकार दुर्गेश थापा दाङको महोत्सवमा जानबाट बन्चित ,दुखी हुँदै लेखे भाबुक स्टाटस
सम्बादाता
२०८१-११-२०
103
Shares
२० फागुन काठमाडौ ।मोडेल तथा गायक दुर्गेश थापाले आफुलाइ दाङको महोत्सव जानबाट रोकेकोमा निक्कै चित्त दुखाएका छन।
दाङमा भैरहेको महोत्सवमा जान ठिक्क परेका उनलाइ विभिन्न कारणहरु देखाउदै आयोजकले सूचना गरेपछि निक्कै भाबुक समेत बनेकाछन।फेसबुकमार्फत उनले लामो स्टाटस सार्वजनिक गरेकाछन।
उनले कहिलेकाही जिन्दगीले सोचेजस्तो हुँदैन भन्ने पाठ त पहिल्यै सिकेको थिएँ, तर यसपालि त्यो अझ गहिरिएर अनुभूति गरे भनेर भनेकाछन।उनले लेखेका छन "म दाङका प्रिय दर्शक भगवानको दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुति मार्फत हजुरहरूलाई मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ।"तर, एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो।
मेरो भगवानरूपी दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो। भनेर यसरी चित्त दुखाएकाछन।
गायक दुर्गेशको यो भनाइ सार्वजनिक भएपछि उनको पक्षमा कमेन्ट्हरु आएकाछन।
उनले थप प्रष्ट पार्दै भनेकाछन-"कलाकार भनेको एउटा परिवार हो। दर्शकको माया नै कलाकारको उर्जा हो।"तर केहि कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले मलाई हजुरहरू माझ उपस्थित हुन दिएन।यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्।
उनिमाथी केहीले गरेको व्यंग्यको समेत उनले जबाफ दिदै भनेकाछन-कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेना भनेर लेख्न भ्याउनु भएछ।उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो।हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ!तर एक कुरा नबिर्सनुहोस्— हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन!उनले थपेकाछन -मलाई हेलिकप्टर चढ्ने या देखाउने रहर छैन।मेरो मात्र एउटा रहर छ— नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकहरूसँग भेट्नु, माया साट्नु, र आफ्नो प्रस्तुति दिनु।नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू,
हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु!दर्शकको अपार माया, हजारौको भीड, अनगिन्ती अवसरहरू— यी सबै देखेर जल्नेहरू जल्दै रहुन किनभने जबसम्म मेरो शिरमा दर्शकको आशीर्वाद छ,
जबसम्म मेरो लागि दर्शकहरुको माया छ तबसम्म मलाई कसैले हल्लाउन सक्दैन!दुश्मनहरूलाई एक मात्र जवाफ— दुस्मन हेरेको हेरै!त्यसैले "दुर्गेश थापा नाम हैन ब्राण्ड हो ब्राण्ड " हो भनेर दर्शको माया पोखेका छन ।
प्रतिक्रिया