काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत्र महिनाभर मात्रै १५ वटा ठूला भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गर्दै घुसखोरी र अनियमितताविरुद्ध कडाइ बढाएको छ। सरकारी अधिकारीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म अख्तियारको कारबाहीमा परेका छन्।
गत महिनाभर अख्तियारले विभिन्न निकायका उच्च अधिकारीहरूविरुद्ध अनुसन्धान गर्दै सरकारी कोष हिनामिना, ठेक्कापट्टामा अनियमितता, र नक्कली प्रमाणपत्र प्रयोग सम्बन्धी १५ ठूला मुद्दा दर्ता गरेको छ। पाँचखपन नगरपालिकाका अधिकृत भोजराज भट्टराई घुसकाण्डमा समातिए। रुपन्देहीका पशु शाखा प्रमुख रामचन्द्र भुषाल र अर्का एक कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। सिन्धुलीका प्रहरी सहायक निरीक्षक कुमार गिरी नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा फसे।
बझाङको खप्तडछान्ना गाउँपालिकाका अध्यक्षसहित ७ जना अनियमिततामा संलग्न ठहर भएका छन्। बटेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध गैरकानूनी लाभ लिएको आरोपमा मुद्दा दर्ता भएको छ। अख्तियारले भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएको छ। "साना होस् या ठूला, अख्तियारको फन्दाबाट बच्न कसैले नसक्नेछ," अख्तियार स्रोतले जनाएको छ।
विशेषज्ञहरू भन्छन्— "यो महिना अख्तियारले आक्रामक रूपमा मुद्दा अघि बढाए पनि ठूला घोटालामा अझै प्रभावकारी बन्नुपर्छ।" अबको चुनौती भनेको ठूला अनियमितता गरेका ‘ठूला माछा’ लाई कारबाहीको दायरामा ल्याउनु हो। अख्तियारले यो लय कायम राख्न सके मात्र भ्रष्टाचार नियन्त्रणमा सार्थक परिणाम आउन सक्छ।
काठमाडौं, वैशाख १७ – पशुपति क्षेत्र विकास कोषको ३९ औं वार्षिक उत्सव बुधबार काठमाडौंमा भव्य रूप ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!