गङ्गबु ब्राइडल प्रतियोगितामा विजेता सरु श्रेष्ठको प्रेरणादायक यात्रा

हरिवन, सर्लाहीकी सरु श्रेष्ठले ५औं नेपाल ब्राइडल मेकअप प्रतियोगिता २०८१ मा विजयी भइ आफ्नो सौन्दर्यकला यात्रामा एक महत्वपूर्ण सफलता हासिल गरेकी छन्। उनका लागि यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, हजारौं महिलालाई प्रेरित गर्ने एउटा प्रेरणास्त्रोत बनिसकेको छ।

सानैदेखि सौन्दर्य र मेकअपमा गहिरो रुचि राख्ने सरु श्रेष्ठले पारिवारिक सपना र अपेक्षाका बाबजुद पनि आफ्नो रुचि पछ्याउँदै सौन्दर्य क्षेत्रमा आफ्नो करियर बनाउने निर्णय गरिन्। उनले २०६६ सालमा हरिवनस्थित कमना ब्यूटी पार्लरमा प्रशिक्षण लिइर सुरु गरेकी थिइन्। लक्ष्मी पौडेल म्यामसँगको प्रशिक्षण र दुई वर्षको अनुभवले उनलाई आत्मविश्वासको साथ आफ्नो पथमा अघि बढ्न मद्दत गर्यो।

धेरै संघर्ष र चुनौतीहरूको सामना गर्दै, सरुले आफ्नै "New Kamana Makeup Studio & Training Center" सुरु गर्न सफल भइन्, जुन अहिले सर्लाहीको एक प्रमुख सौन्दर्य प्रशिक्षण केन्द्रको रूपमा परिचित छ। शुरूवाती दिनहरूमा, उनले साइकल र पैदल यात्रा गर्दै घर-घरमा निःशुल्क सेवा प्रदान गरिन् र छरछिमेकीको कपाल काट्ने, ग्रेडिङ, फेसियल, मेहन्दी जस्ता सेवा दिएर आफ्नो यात्रा आरम्भ गरिन्। उनी आफ्नो गृहिणीको भूमिकासँगै निरन्तर परिश्रम र लगनका साथ सौन्दर्य क्षेत्रमा एक सशक्त पहिचान बनाउन सफल भइन्।

उनको यो यात्रा कत्तिको कठिन र प्रेरणादायक थियो भने, उनलाई आमा, पति, दाजुभाइ, भाउजु, गुरुआमा, पार्लरका सहकर्मीहरू, र परिवारका अन्य सदस्यहरूको समर्थन र प्रेरणा प्राप्त भएको थियो। विशेषत: गङ्गबु ब्यूटी पार्लर ट्रेनिङ सेन्टर की संचालिका ग्यानी मर्हजन म्यामको मार्गदर्शनले उनीलाई नेपाल ब्राइडल मेकअप प्रतियोगिता २०८१ मा सहभागी हुन योग्य बनायो।

आज, सरु श्रेष्ठको यो सफलताले केवल उनलाई व्यक्तिगत सान्त्वना मात्र दिएको छैन, तर सम्पूर्ण सौन्दर्यकला क्षेत्रमा उनको पहिचान अझ मजबुत बनाएको छ। उनका लागि यो विजय केवल एक उपलिब्धि हो, यो समग्र सौन्दर्यकला समुदायका लागि पनि एक प्रेरणा स्रोत हो।

सरु श्रेष्ठलाई यो ऐतिहासिक सफलता हासिल गर्नको लागि सम्पूर्ण सौन्दर्यकला क्षेत्र र उनका समर्थकहरूबाट हार्दिक बधाई! यसले अन्य महिला र सौन्दर्यकला पेशामा रुचि राख्ने सबैलाई साहस र प्रेरणा दिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP