नेपाल–थाइल्यान्ड साझेदारी : संस्कृति र पर्यटनमा नयाँ समझदारी

काठमाडौँ — नेपाल र थाइल्यान्डबीच सांस्कृतिक र पर्यटन सहयोगलाई सुदृढ बनाउने उद्देश्यले दुईवटा सरकारी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। साथै, गैरसरकारी क्षेत्रका विभिन्न छवटा समझदारी समेत सम्पन्न भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणका क्रममा बुधबार कुल आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो। बिमस्टेक शिखर सम्मेलनमा भाग लिनुअघि प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पाइतोङ तार्न सिनावात्रासँग भेटवार्ता गर्दै पर्यटन, संस्कृति, व्यापार, उड्डयन, शिक्षा र ऊर्जालगायतका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले थाइल्यान्डका नरेश बजिरालोङ्कोर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्। द्विपक्षीय सहकार्यका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए।

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ६५ वर्ष पुरानो नेपाल–थाइल्यान्ड कूटनीतिक सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। नेपालका तर्फबाट थाइल्यान्डमा गरिएको पहिलो औपचारिक भ्रमण ऐतिहासिक रहेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP