काठमाडौं १५— एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टर को उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि Goresh Group का CEO श्री नकाटा सुनिची तथा विशेष अतिथिहरूले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नु भयो । कार्यक्रमको अध्यक्षता एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टरका अध्यक्ष प्रकाश श्रेष्ठले गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि श्री नकाटा सुनिचीले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै भन्नुभयो, "नेपाली कामदारहरू इमानदार र मेहनती छन्। विदेशी रोजगार बजारमा उनीहरूको उच्च माग छ। एलाइड वर्क फोर्स सोलुशनले प्रदान गर्ने तालिमले नेपाली कामदारको प्रतिष्ठा अझ मजबुत बनाउनेछ।"
कार्यक्रमका अध्यक्ष प्रकाश श्रेष्ठले व्यावसायिकता र तालिमको महत्त्वबारे चर्चा गर्दै भन्नुभयो, "हामी दक्ष तालिम र रोजगारी अवसरहरूलाई जोड्ने लक्ष्यसहित अघि बढिरहेका छौं। यस किसिमका संस्थाले नेपाली युवाहरूलाई सही ज्ञान र सीप प्रदान गर्न मद्दत गर्नेछन्।"
विशेष अतिथि नेपाल संघीय वैदेशिक रोजगार ब्यावसायी संघ (NAFEA) का सचिव कर्ण कटवालले वैदेशिक रोजगारका लागि उचित तालिम अनिवार्य रहेको बताउँदै भन्नुभयो, "सफल वैदेशिक रोजगारीका लागि तालिम अपरिहार्य छ। एलाइड वर्क फोर्स सोलुशनले यही प्रतिबद्धता देखाउनु सकारात्मक कदम हो।"
त्यसैगरी, ECAN का Immediate Past President (IPP) प्रकाश पाण्डेले संस्थाको सफलताको कामना गर्दै शिक्षा परामर्श तथा वैदेशिक रोजगारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
ECAN अध्यक्ष शेषराज भट्टराईले शिक्षा परामर्श र वैदेशिक रोजगारी क्षेत्रबीच समन्वय आवश्यक रहेको भन्दै भन्नुभयो, "यी दुई क्षेत्रले पारस्परिक सहयोग गर्न सके मात्रै नेपाली विद्यार्थी र कामदारलाई उचित सल्लाह तथा अवसरहरू प्राप्त गर्न सकिन्छ।"
कार्यक्रमको अन्त्यतिर केक काट्ने तथा सम्मान वितरण कार्यक्रम सम्पन्न भयो। समापन मन्तव्य दिँदै एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टरका अध्यक्ष प्रकाश श्रेष्ठले सबै अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभयो।
कार्यक्रममा उपस्थित सबै अतिथिहरूले सीप विकास, व्यावसायिकता र आपसी सहकार्यको महत्त्वमा जोड दिँदै एलाइड वर्क फोर्स सोलुशनको सफल भविष्यको कामना गर्नुभयो।
सम्बादाता
२०८१-११-१६
491
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!