काठमाडौंमा आज ऐतिहासिक घोडेजात्रा मनाइँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं, चैत्र १६ – काठमाडौं उपत्यकामा आज ऐतिहासिक घोडेजात्रा भव्य रूपमा मनाइँदैछ। नेपाली सेनाको विशेष घोडचढी प्रदर्शन, युद्धकला अभ्यास, र परम्परागत अनुष्ठानहरू टुँडिखेलमा हुनेछन।

आजको घोडेजात्रा समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री परिषद्का सदस्य, नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

घोडेजात्राका कारण आज काठमाडौंका मुख्य क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, र सेनाका विशेष टुकडीहरू टुँडिखेल वरपर तथा अन्य संवेदनशील स्थानहरूमा तैनाथ रहनेछ ।

घोडेजात्राका कारण आज रत्नपार्क, भद्रकाली, पद्मोदय मोड, जमल लगायतका क्षेत्रहरूमा सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ।

आज दिनभरि टुँडिखेलमा घोडचढी, युद्धकला प्रदर्शन, मोटरसाइकल स्टण्ट, तथा विभिन्न परम्परागत अनुष्ठानहरू सञ्चालन हुने छन्।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP