तीनकुने हत्याकाण्ड : एमाले कोशी प्रदेश कमिटीद्वारा घोर भर्त्सना, दोषीलाई कारबाहीको माग

काठमाडौँ, १६ चैत्र – नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले शुक्रबार काठमाडौं तीनकुनेमा भएको नृशंस घटनाको घोर भर्त्सना गरेका छन्। शनिबार जारी विज्ञप्तिमा उनले घटनाका दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरे।

फोटो पत्रकार र एक निहत्था नागरिकको क्रूर हत्या प्रति गहिरो दुःख व्यक्त गर्दै उनले पीडित परिवारलाई समवेदना प्रकट गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल सरकारलाई उपचार तथा व्यवस्थापनका लागि तत्काल कदम चाल्न आग्रह गरे।

लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूमाथि प्रहार गर्ने कुनै पनि अमानवीय गतिविधि स्वीकार्य नहुने भन्दै उनले कोशी प्रदेशभर सशक्त आन्दोलनको आह्वान गरेका छन्। नेकपा एमाले कोशी प्रदेश कमिटीले चैत्र १८ र चैत्र ३० गते प्रदेशभर व्यापक विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आलेख : महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’
18 घण्टा अघि

तानसेन (पाल्पा), माघ १४ - “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP