काठमाडौँ, १६ चैत्र – नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले शुक्रबार काठमाडौं तीनकुनेमा भएको नृशंस घटनाको घोर भर्त्सना गरेका छन्। शनिबार जारी विज्ञप्तिमा उनले घटनाका दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरे।
फोटो पत्रकार र एक निहत्था नागरिकको क्रूर हत्या प्रति गहिरो दुःख व्यक्त गर्दै उनले पीडित परिवारलाई समवेदना प्रकट गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल सरकारलाई उपचार तथा व्यवस्थापनका लागि तत्काल कदम चाल्न आग्रह गरे।
लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूमाथि प्रहार गर्ने कुनै पनि अमानवीय गतिविधि स्वीकार्य नहुने भन्दै उनले कोशी प्रदेशभर सशक्त आन्दोलनको आह्वान गरेका छन्। नेकपा एमाले कोशी प्रदेश कमिटीले चैत्र १८ र चैत्र ३० गते प्रदेशभर व्यापक विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
खुम्बु, बैशाख १४ — सशस्त्र प्रहरी बल नेपालका जवान विजय जंंगमले आज बिहान ७ बजेर १२ मिनेटमा ६, ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!