छैटौ राष्ट्रिय योग खेलकुद प्रतियोगिता सम्पन्न रोशन विष्ट र विशिका ढकाल उत्कृष्ठ योगी ।
Admin
२०८१-११-११
108
Shares
काठमाडौ ११फाल्गुन ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गज्यूको प्रमुख आतिथ्यमा नेपाल योग खेलकुद योग संघले राष्ट्रिय योग खेलकुदको छैटौ संस्करण सफलता पुर्वक सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा उत्कृष्ट योग खेलाडीहरुको रुपमा पुरुषमा कञ्चनपुरका २५ वर्षे रोशन विष्टले मिस्टर योगी र महिलामा बुटवलकी १८ वर्षे बिशिका ढकालले मिस योगीको रुपमा उत्कृष्ठ योग खेलाडीहरुको उपाधि जितेका छन ।
नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा.सूर्य बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगितामा विभिन्न तौल समुहमा देशभरीका ३१० जना योग खेलाडीहरुले आफ्नो क्षमता प्रस्तूत गरेका थिए । टोखास्थित एशिया प्यासिफिक स्कूलमा सम्पन्न भएको उक्त योग खेलकुद प्रतियोगिताको ९ देखि ११ उमेर समुहमा प्रथम किरण मगर दोस्रो प्रयास जंग चौहान र तेस्रो असिम पटेल भएका थिए । सोही उमेर समुह महिला तर्फ प्रथम सोनम वाङ्गमो लामा, दोस्रो एंगेल अधिकारी, र तेस्रो स्थानमा सिमल तामाङ्ग रहेका थिए । पुरुष १२ देखि १४ वर्ष उमेर समुहमा प्रथम गोविन्द यादव, दोस्रो जय चौधरी र तेस्रो स्थानमा समान अंकको आधारमा हेरोश सुवाल र आशिस तामांङ्ग रहेका थिए । सोही उमेर समुह महिला तर्फ प्रथम, स्वेक्षा थापा, दोस्रो सुहारिका कार्की र तेस्रो स्थानमा प्रत्युसा खतिवडा रहेका थिए । त्यसैगरी १५ देखि १७ उमेर समुहमा प्रथम बुद्ध गुरुङ्ग, दोस्रो सुन्दर सार्की र तेस्रो स्थानमा साजन जीसी रहेका थिए । सोही उमेरसमुह महिलातर्फ प्रथम प्रज्ञा गौतम, दोस्रो चादनी परियार र तेस्रो स्थानमा समिया ओडारी रहेका थिए । त्यसैगरी १८ देखि ३५ उमेरसमुहमा पुरुषतर्पm प्रथम रोशन विष्ट, दोस्रो आङ छिरिङ्ग लामा र तेस्रो स्थानमा रोशन सुब्बा रहेका थिए । सोही उमेर समुह महिला तर्पm प्रथम विशिका ढकाल, दोस्रो मिना कुमारी राउत, र तेस्रो स्थानमा पुष्पा नाथ र दीपा उप्रेती रहेका थिए ।
त्यसैगरी पुरुष ३६ देखि ४९ वर्ष उमेर समुहमा प्रथम राज कुमार ओडारी दोस्रो स्थानमा ंसिम बहादुर बुढाथोकी र तेस्रो स्थानमा राम शरण दाहाल रहेका थिए भने सोही उमेर समुह महिला तर्पm प्रथम दुर्गा पन्त, दोस्रो नितु सिंह र तेस्रो स्थानमा अन्जु श्रेष्ठ रहेका थिए
त्यसैगरी ५० वर्षमाथी उमेर समुह पुरुषतर्पm प्रथम कृष्ण बहादुर न्यौपाने, दोस्रो कमल बहादुर राज लावत र तेस्रो स्थानमा तारानिधि पन्त र योग प्रसाद आचार्य रहेका थिए । सोही उमेरसमुहमा प्रथम स्थानमा जीना श्रेष्ठ, दोस्रो पूर्णा महर्जन र तेस्रो स्थानमा ललिता कुमारी बसहार रहेका थिए ।
उक्त प्रतियोगितामा छनौट भएका खेलाडीहरुमध्ये .उत्कृष्टताका आधारमा सर्वोत्कृष्ठ खेलाडीहरुलाई आगामी सन २०२५ अप्रिल महिनामा मलेसियामा हुने १६ औ वल्र्ड च्याम्पियनशिपमा सहभागिता गराईने जानकारी छनौट समितिका टेक्निकल कमिटिका ईन्चार्ज डाक्टर संग्राम पुरीले जानकारी गराउनु भयो ।
प्रतिक्रिया