दक्षिण कोरियाका निलम्बित रास्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका निलम्बित रास्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी

सोल । दक्षिण कोरियाका निलम्बित  राष्ट्रपति यून सुक येओललाई पक्राउ पुर्जी जारी भएकोछ ।

डिसेम्बर ३ मा शैनिक शासन लाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

चारैतिरबाट उनको यो कदमको बिरोध भएपछि उनले गरेको निर्णय ६ घण्टामा फिर्ता लिएका थिए  ।

तरपनी उनी माथी महाअभियोग लगाएर कानुनी ढंगले गलहत्याउने काम भएपछि उनी निलम्बित भएका थिए।

उनलाइ तिनपटक सम्म सम्सदमा उक्त बिषयमा प्रस्ट पार्ने मौका दिदा समेत उपस्थिति नभएपछि अदालतद्वारा पक्राउ पुर्जी जारी गरेको हो।

उनको निलम्बन लगत्तै  कार्यबाहक राष्ट्रपति बनाइएका प्रधानमन्त्री हान डक–सुलाई पनि दुई हप्ता नबित्दै महाभियोग लगाएर हटाइयो ।

पक्राउ पुर्जी जारी हुने यून दक्षिण कोरियाका पहिलो सत्तासिन राष्ट्रपति हुन् ।

उनको पक्राउका लागि अनुसन्धानकर्ताहरूसँग जनवरी ६ सम्मको समय छ । त्यहाँ को राजनैतिक गहिरो सड्ढटमा छ यतिबेला ।

 

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रेड मिडियाद्वारा टोखामा पत्रकारिता तालीम सुरु
एक बर्ष अगाडि

१३ माघ ,काठमाडौ ।रेड मिडिया प्रा ली ले टोखा नगरपालिका वडा नम्बर ११ मा आजदेखी चार दिने आधारभुत पत्रका ...

छुटाउनुभयो कि ?

TOP