नेपालमा पनि अमेरिकी अनुदानमा संचालित सबै कार्यक्रम निलम्बित

नेपालमा पनि अमेरिकी अनुदानमा संचालित सबै कार्यक्रम निलम्बित

काठमाडौँ —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो  आदेशसँगै नेपालमा पनि अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन् ।

अमेरिकी सरकारले सार्बजनिक रूपमा घोषणा गरेसगै अहिलेलाई कम्तिमा ९० दिनको लागि सम्पूर्ण सहयोग रकम रोकिएको पत्र मार्फत जानकारी समेत गराएकोछ।

नेपाल सरकारसँग ५ वर्षे रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले अर्थ मन्त्रालय, गैरसरकारी संस्था र गैरनाफामूलक कम्पनीलाई पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि निलम्बित भएको जानकारी दिएको छ ।

यूएसएआईडीले शनिबार अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मालाई सम्बोधन गरेर पत्र लेखेको छ ।

पत्रमा अमेरिकी अनुदानमा सञ्चालनमा रहेका सबै (जीटुजी तथा सम्झौतामा सञ्चालित) कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।यूएसएआईडी/नेपालको सम्झौता, अनुदान, सहकार्य सम्झौता र अन्य सहायता उपकरण अन्तर्गतका कार्यक्रम तत्काल रोकिएका/निलम्बित भएका छन्,’ पत्रमा भनिएको छ,

‘यूएसएआईडी/ नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यतः ४ क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको जानकारी गराइन्छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जे.भि.फाउन्डेसनको केन्द्रिय सल्लाहकार एबम गण्डकी प्रदेश प्रमुखमा थापा र सचीवमा पौडेल नियुक्त
एक बर्ष अगाडि

१२ फागुन कास्की ।जे.भि.फाउन्डेसनले केन्द्रिय सल्लाहकार तथा गण्डकी प्रदेश प्रमुखमा समाजसेवी बिष्णु ...

छुटाउनुभयो कि ?

TOP