काठमाडौ ।रोज ब्युटी एकेडेमीले आज शनिवार काठमाडौमा भब्य कार्यक्रमको आयोजना गरि आफ्नो २४ औ बार्षिक उत्सब मनायो।
रोज एकेडेमीको प्रबन्ध निर्देशक कस्मोलोजिस्ट परिसी कारन्जितको अध्यक्षतामा भएको सो कार्यक्रममा दुई जना प्रमुख अतिथि रहेका थिए।
जस्मा गणेशमान सिह स्मृति बहुप्राबिधिक शिक्षालयका प्रमुख डाकुरनाथ पराजुली र बरिस्ठ अभिनेता एबम चलचित्र बिकास बोर्डका पुर्ब अध्यक्ष भुवन केसि रहेका थिए।
बरिस्ठ सौर्न्दर्यबिद तथा रोज ब्युटि एकेडेमीकि सस्थापक अध्यक्ष सोनि कारन्जितले स्वागत मन्तव्य दिएकी थिइन ।
उनले एकेडेमीले यहाँ सम्म आइपुग्दा संघर्षका ती दिनका यादहरु सबै माझमा शेयर गरेकि थिइन् ।
२४ औ बर्ष गाठ मनाइरहदा केक काटेर खुशी हुँदै उपस्थितिको लागि सबैलाई धन्यवाद दिएकी थिइन् ।
ब्युटीपार्लर सम्बन्धि तालिम लिएका बिद्यार्थीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो।
औपचारिक कार्यक्रमको अन्त्यमा पत्रकारहरुसग साक्षत्कार गरिएको थियो।
विभिन्न क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुको समेत उपस्थिति रहेको बार्षिक उत्सबमा सन्चार्कर्मी एबम गायिका बिष्णुमाया पौडेलले कुशल ढंगले कार्यक्रम सन्चालन गरेकी थिइन् ।
बिहान ११ बजेबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि ,पत्रकारहरुलाइ मायाको चिनो दिदै बेलुकाको डिनर सहित २४ औं बार्षिक उत्सब समापन गरिएको थियोे ।
सम्बादाता
- २०८१-१०-१३
एक बर्ष अगाडि
काठमाडौ ११फाल्गुन ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गज्यूको प्रमुख आतिथ्यमा नेपाल यो
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!