रेड मिडिया प्रालिले सप्पन्न गर्यो चार दिने पत्रकारिता तालीम

रेड मिडिया प्रालिले सप्पन्न गर्यो चार दिने  पत्रकारिता तालीम

१७ माघ काठमाडौ।टोखा  नगरपालिकाको आर्थिक सहयोगमा रेड मिडिया प्रालिले  बुधबार टोखा-११ मा चार दिने आधरभूत पत्रकारिता तालिम सम्पन्न गरेकोछ।

रेड मिडिया प्रालीकि  अध्यक्ष बिष्णुमाया पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बि सि रहेका थिए ।उनले तालिममा भाग लिएका सहभागीलाई प्रमाणपत्र दिदै  छिट्टै एड्भान्स तालीम दिने बचनबद्द्ता गरेकाछन।

११ वटै वडालाइ समेटेर राखिएको पत्रकारिता तालिममा २५जना सहभागी रहेका थिए ।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि अध्यापन गराउदै आएका डा.बिजय प्रसाद मिश्रले प्रशिक्षण गरेका थिए।

समापन समारोहमा सहभागीले खुशी हुदै अनुभव मन्तव्य राखेका थिए।सन्चार्कर्मी हेमन्ता भट्टराईले औपचारिक समापन कार्यक्रम कुशल ढंगले  सन्चालन गरेकि थिइन् ।

१३ गतेदेखि संचालित तालिमको उद्घाटन सोही नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका थिए।

वडा नम्बर ११ मा भएको तालिमलाई वडा अध्यक्ष घनश्याम खडका ,सदस्य महेश थपलिया र शोभा पान्डेले भरपुर सहयोग गरेर कार्यक्रम सफल पारेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

३२ बर्षे ओझा बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त
एक बर्ष अगाडि

काठमाडौँ —नेपाल बिमा प्राधिकरणको अध्यक्षमा ३२ बर्षे शरद ओझा नियुक्त भएका छन् । मन्त्रिपरिषद ...

छुटाउनुभयो कि ?

TOP