काठमाडौ ।त्रिभुवन बिश्वबिद्यालय लायन्स रक्तसञ्चार अनुसन्धान केन्द्रले आज शनिबार सातौ साधारण सभा सम्पन्न गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बराल, विशेष अतिथि लायन्स अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।
आजै दुई बर्ष कार्यकालको लागि नयाँ कार्यसमिति गठन समेत भएकोछ।जस अनुसार अध्यक्षमा डा राजेन्द्र गिरि,उपाध्यक्ष सुनिल भक्त श्रेष्ठ ,भरत ढुङेल, मन वहादुर रोका महासचिवमा अजय प्रसाद खनाल निर्बाचित भएका छन।
त्यसैगरी सचिब राम प्रसाद भट्ट ,कोषाध्यक्ष ध्रुब थापा चयन भएका हुन।निर्बाचित सदस्यहरुमा रेवत वहादुर कार्की ,के पि अवाल,डि आर खनाल ,भिम पौडेल ,अमर वहादुर श्रेष्ठ पुरुषोत्तम प्राधानाङ,किशोर भट्टराई ,राम राजा थापा ,पार्वती खरेल ,सुनिता मरहठ्ठा,लक्ष्मीमहत र
मिरा पुडासैनी रहेका छन।
निबर्तमान अध्यक्ष प्राध्यापक रुद्रहरि ज्ञावलिले नव निर्वाचित कार्य समितिलाइ सफल कार्यकालको शुभकामना दिएका थिए ।
सम्बादाता
- २०८१-१०-१३
एक बर्ष अगाडि
काठमाडौ ११फाल्गुन ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गज्यूको प्रमुख आतिथ्यमा नेपाल यो
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!