बाल बिबाह मुक्त समाजको लागि प्रधानमन्त्रीको शुभकामना

बाल बिबाह मुक्त समाजको लागि प्रधानमन्त्रीको शुभकामना

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुुभकामना दिनुुभएको छ ।


प्रधानमन्त्री निवास, बालुुवाटारमा अभियानकर्मीहरुसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुुभकामना दिनुुभएको हो ।

बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाह मुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गर्नुभयो।

मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।
भेटमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ  पुर्ब मन्त्री भगवती चौधरी, लुुम्बिनी प्रदेशका पूर्व मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भुु  समाज सेबि नेपाली जनसम्पर्क समिती भारतका अध्यक्ष  बाल कृष्ण पाण्डे र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा सम्लग्नहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रेड मिडियाद्वारा टोखामा पत्रकारिता तालीम सुरु
एक बर्ष अगाडि

१३ माघ ,काठमाडौ ।रेड मिडिया प्रा ली ले टोखा नगरपालिका वडा नम्बर ११ मा आजदेखी चार दिने आधारभुत पत्रका ...

छुटाउनुभयो कि ?

TOP