४८ घन्टाको लागि मौन अवधी सुरु ,मौन अवधीमा प्रचार प्रसार गर्न निषेद

१४ मङ्सिर, काठमाडौ । निर्बाचन आयोगले निर्बाचन प्रचार प्रसार निषेध अवधीमा अनुबार्य  पालना गर्नु नियमहरु सार्बजनिक गरेकोछ।

मतदान सम्पन्न नहुन्जेल ४८ घन्टा अगाडीदेखि लागू हुने गरि संबंधित पक्षलाई सचेत हुन प्रेस बिज्ञपति  मार्फत सबैमा आयोगले अपिल गरेकोछ।

१३ गते रातिदेखि मौन अवधी सुरु भैसकेकोछ।यस अवधीमा भोट माग्न,सभा सम्मेलन ,नारा जूलूस गर्न पाइनेछैन।

राजनैतिक दल ,उम्मेदवार तथा भातृ संघसंगठले निर्बाचन आचार सहिता पालना गर्नुपर्ने हुन्छ।

निर्वाचन प्रचारप्रसार निषेध गरिएको अवधिमा कार्य भए गरेको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सुक्ष्म अनुगमन गरी कारबाही गरिने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि गर्न पाउनेछैन।

१६ गते आइतबार ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुनेछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।

पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन्।

सामाजिक संजाल प्रयोगकर्ताहरु समेत यस मौन अवधिमा जित हारको पक्ष र विपक्षमा पुर्ब अनुमान वा कुनै गतिविधि गर्न पाइनेछैन,गरे सख्त कार्बही हुने हुदा निर्वाचन अवधिमा प्रत्येक नागरिकले अनुसासित भएर मतदानमा भाग लिन निर्बाचन आयोगले आम नेपालीहरुमा अनुरोध गरेकोछ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP