बाला चतुर्दर्शिमा पशुपतिमा बत्ती बाल्न , सत्बीज आउनेहरुको लागि अझै सहज बनाइने


१३ मङ्सिर ,काठमाडौ ।पशुपति क्षेत्र बिकास कोषले बाला चतुर्दशी मेलामा बत्ति बाल्न  आउनेहरुको लागि आबश्यक सम्पुर्ण तयारी पूरा गरिसकेको जनाएकोछ।

कोषले यस सम्बन्धमा सम्पुर्ण जानकारी दिने उदेश्य राखी कोषकै कार्यकक्षमा बिहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गरेकोछ।पत्रकार सम्मेलन गर्नु अगाडि गर्नु संबंधित पक्ष सग छलफल  गरिसकेको कोषका प्रबक्ता रेवती रमण अधिकारीले रेड मिडियालाई जानकारी दिए।

उनका अनुसार  अघिला बर्ष भन्दा अझै भब्य र शब्य हुनेछ यस बर्षको बाला चतुर्दर्शी ।


 बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।


विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ ।

नाम दर्ता गरि बत्ति बाल्न कोषले दुई हजार एकसय रुपैया तोकेकोछ।शुक्रबार
भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने बताएकोछ।यस बर्ष अन्यत्र ठाउँमा पसलहरु हुनेछैनन।

तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको समेत कोषका प्रबक्ता  अधिकारीले बताए ।बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँचवटा ठूला पाल उपलब्ध गराएको छ ।

बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरण गरेको कतै पाइए हदैसम्मको कार्बाही गरिने कोषले जनाएकोछ।


 पशुपतिनाथको मेलाका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ ।

मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई अनुरोध गरिएको छ ।

मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन,सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

केही कुरा अलमल भए कोषमा सम्पर्क राख्न कोषले सबैमा अपिल गरेकोछ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP