काठमाडौ महानगरको नसर्ने रोग सम्बन्धि सचेतना महा अभियान ,सिर्जना पाठकको टिम वडा नम्बर ३ मा

काठमाडौ महानगरको नसर्ने रोग सम्बन्धि सचेतना महा अभियान ,सिर्जना पाठकको टिम वडा नम्बर ३ मा

११ मङ्सिर काठमाडौ ।काठमाडौ महानगरपालिका स्वास्थ्य विभाग अन्तर गत शहरी  स्वास्थ  प्रवर्द्धन   केन्द   का म पा ३  महाराजगन्जले आज महाअभियान स्वास्थ शिबिर सन्चालन गर्यो।

वडा नम्बर ३ को कार्यलयमै संचालन गरेको महाअभियानमा उल्लेख मात्रामा मानिसहरुको उपस्तिथि रह्यो।

का म पा ३महाराजगन्ज शहरी स्वास्थ्य  प्रबर्दन  केन्द्र प्रमुख सिर्जना पाठकको टिमले बिहान ११ बजेदेखि बेलुका ३ बजेसम्म सेवा दिएको थियो।

नसर्ने  रोग सम्बन्धि महा अभियान अन्तर्गत प्रेसर र सुगर  प्रारम्भिक चेक जाँच गरिने भएपनी  स्वास्थ्यमा कुनै  जटिल स्वास्थ  समस्या  देखिए तुरुन्तै त्यसको उपचार गर्न  काे लागि शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र मा पठाउने स्वास्थ्य  प्रमुख सिर्जना पाठकले बताइन् ।

वडा नम्बर  ३ मा आजबाट सुरु गरिएको शिबिर अन्य आठ ठाउँको लागि समय तालिका सार्बजनिक भैसकेकोछ।

अहिले महानगरले यसरी ३२ वटै वडामा घुम्ती  महाअभियान स्वास्थ्य शिबिर सन्चालन गरि स्वस्थ्य सम्बन्धि सचेतना फैलाइरहेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपति क्षेत्रमा बनेको एउटा अबैध घर टहरा भत्काइयो
एक बर्ष अगाडि

काठमाडौ ।पशुपति क्षेत्र बिकास कोषले मंगलबार पशुपति क्षेत्रमा अनाधिकृत रूपमा बनाएर बसेको एउटा घर टहरा ...

छुटाउनुभयो कि ?

TOP