बिहान ७बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाउने,४१ पदको लागि महाभिडन्त
सम्बादाता
२०८१-०८-१६
459
Shares
१६ मङ्सिर ,काठमाडौ ।स्थानीय निकायको उप-निर्बाचन आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुदैछ।
देसैभर एकसाथ हुने निर्बाचनमा ४१ विभिन्न पदको लागि निर्बाचन हुन लागेको हो।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदमा स्वतन्त्र उम्मेदवार सहित राजनैतिक दलहरूका उम्मेदवार बिचमा महाभिडन्त हुदैछ।
निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएकाहरुले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
निर्बाचन आयोगले मतदाता,नागरिक समाज ,परिबेक्षक,राजनैतिक दल,पत्रकारहरुलाइ उप-निर्बाचनलाइ शान्त वातावरण बनाउन सबैमा अनुरोध समेत गरेकोछ।
सम्बादाता
२०८१-०८-१६
459
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!