माओवादीको बिरोध सभा :प्रचण्डको सरकारलाई अल्टिमेटम

१० कार्तिक ,काठमाडौ ।नेकपा माओवादी केन्द्रले आज शनिवार  भृकुटीमण्डपमा बिरोध सभा गर्यो।सोही पार्टीका अध्यक्ष प्रचण्डले सभालाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्व सरकार एकसय दिन पुगेको अबस्थामा  बेथिति ,भ्रष्टाचार ,महङ्गी र सरकारको जनबिरोधी कदमका विरुद्ध खबरदारी सभा राखिएको नेकपा माओवादी केन्द्रले जनाएकोछ।

सरकारको बिरोधमा प्रचण्डले निक्कै  आक्रमण ढंगले शब्दहरु खर्चिएका थिए ।

बर्तमान सरकार भ्रष्टाचारको जगमा बनेकोले माओवादी सडक ,सदन सबै तिरबाट बिरोधमा खरो उत्रने प्रचण्डले उदघोष गरे।

उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् ।

माओवादीले रवि लामिछानेको बचाउका लागि खबरदारीसभा आयोजना गरेको भन्ने प्रचार भएको भन्दै प्रचण्डले भने, ‘खबरदारी सभा कसैलाई बचाउनका लागि होइन ।

उनले फरक प्रसङ्गमा भने ’प्रतिगामीहरुले आफ्नो नाम भाटभटेनीका मालिक मीन बहादुर तामाङसग जोडेर  धेरै बदनाम गर्ने कोशिस गरेको भएपनी प्रधानमन्त्री केपी शर्मा  ओलिले जनतालाई छर्लङ्ग बुझ्ने गरि  चोखाइदिएकोमा ओलिलाइ धन्यवाद दिएकाछन।

प्रचण्डले आफ्नो सरकारले नेपाली जनातालाइ लोडसेडिङबाट मुक्त गरेको पनि बताए ।बर्तमान सरकारले  कुलमान घिसिङ,उपसभामुखलाई हटाउन  खोजेर अर्को  ठूलो गल्ती  गरेको  प्रचण्डले आक्रोश  पोखे ।

सरकारलाई सुल्टो बाटोमा हिडाउन खबरदारी सभा गरेको तर यस्तै चाल रहिरहे देशै  जुरुक्क पारेर  नयाँ खाले जन क्रान्ति गर्ने चेतावनी समेत दिए।

माओवादी केन्द्रका केन्द्रिय नेताको बिचमा  सम्बोधन गरेका प्रचण्डले बाक्लो उपस्तिथि रहेको कार्यकर्ताको मनोबल उकास्ने भाषण गर्दा गडगडाहट ताली बजेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP