मंसिर ९,चितवन। श्री निम्बार्क बैष्णब द्धितिय राष्ट्रिय महासम्मेलन भब्य रुपमा सम्पन्न भएकोछ।मंसिर ५ गते बाट सुरु भएको महासम्मेलन मंसिर ८ गते समापन भएकोहो ।
चितवनको देवघाटमा भएको सम्मेलनमा देशै भरीका निम्बार्क सम्प्रदायहरु साथै अन्य ब्याक्तित्व,सन्त साघुहरुको बाक्लो उपस्थिति थियो।
चार दिन सम्म संचालित उक्त कार्यक्रममा बालसन्त जगतगुरु महाराजका दिब्य वाणी सुन्न पाउँदा उपस्थित सहभागी हरुअत्यन्तै हर्षित देखिन्थे।
नेपाल भित्र बाट मात्र नभएर भारतबाट पनि दिग्गज धार्मिक गुरुहरु र अन्य ब्यक्तित्वहरुको आगमन रहेको थियो ।
सोही कार्यक्रममा निम्बार्क भगवान् को मुर्ति निर्माणमा सहयोगी दाताहरुबाट रकम दान प्रदान गरिएको थियो ।
समापनको दिन मंसिर ८ गते सम्पुर्ण सहभागी , अतिथिहरुलाई सम्मान गरि बिदाइ गरिएको थियो। चार दिन सम्म देवघाटमा सम्पन्न महा सम्मेलन अत्यन्तै सब्य र भब्य भएको जगतगुरुले रेड मिडिया लाइ जानाकारी दिए।
यस्तो खालको कार्यक्रमले धार्मिक सहिष्णुता कायमराखी सम्पुर्ण निम्बार्क सम्प्रदायलाई एकीकृत गराइ धार्मिक सस्कार र सस्कृती बिकासमा टेवा पुर्याउने जगतगुरुपिठ चतराधामका सचिब उद्धब घिमिरे बताए।
सम्बादाता
- २०८१-०८-०९
एक बर्ष अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती एबम पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!