दिनहुँ काठमाडौमा जाम पर्न थालेपछि मानिसहरू चिन्तित

दिनहुँ काठमाडौमा जाम पर्न थालेपछि मानिसहरू चिन्तित

९ मङ्सिर काठमाडौ ।आजकाल काठमाडौ,ललितपुरका रिङरोड भित्रका सडकमा जाम हुन थालेकोछ।यसरि जाम हुन थालेपछि आम मानिसहरु चिन्तित हुन थालेकाछन।

निश्चित समयमा पुग्न पर्नेहरु पुग्न सकिरहेका छैनन् ।केही दिनसम्म ठिकठाक सडकमा निरन्तर जाम पर्नाले  दैनिकी जीवन प्रभावित हुन थालेकोछ।

जताततै यसरी जाम पर्नुको कारण भने खुलेको छैन।यति धेरै ट्राफिक  खटिएकाछन तर जामै जाममा पर्न थालेपछि अचम्ममा पर्न थालेका छन आम मानिसहरु।

यतिबेला नत कतै बाटो बनेको छ नत कुनै विशेष  सबारी भएरनै हो तर दैनिक जाम ।उहीँ बाटो ,उतिनै सबारी साधन ,उहीँ उहीँ ठाउँमा ट्राफिकहरु उभिएका छन।तर पनि ट्राफिक ब्यबस्थापन झन जटिल बनेको देखिन्छ ।

समयमा आफ्नो अफिस पुग्नु पर्ने जागिरे, ,ब्यबासायी , बिद्यार्थीहरु र अस्पताल पुग्न पर्नेहरु समयमा पुग्न सकिरहेका छैन।

उता सम्बन्धित कार्यलयमा पुग्न नपाएर तनाव झेलेका यात्रुलाई झनै ट्राफिकको हप्की पनि खानु परेकोछ। सानो गल्तिमा पनि ट्राफिकले जरिवानामा  काटेपछि  दुखी  बन्न पुगेकाछन।

केही मानिसहरु त यो कृतिम जाम हो भन्न थालेका छन।यो आफै भएको जाम हुँदै होइन,बनाइएको जाम हो ,मात्रै दुख दिन र जरिवाना असुल गर्न ट्राफिकद्वारा रचिएको योजना हो।नत्र एक्कासि कसरी यस्तो भयो भन्न थालेकाछन।

एक दिन होइन ।दिनहुँ जाम।अस्पताल सम्म समयमा पुग्न नसकेपछि धेरै मानिस ट्राफिकको ब्यबहारप्रति रुष्ट बन्न थालेकाछन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित
एक बर्ष अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती एबम पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित ...

छुटाउनुभयो कि ?

TOP