७ मंसिर काठमाडौ ।नेकपा एमाले अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओलिले नेकपा एमाले माथी लगाएका आरोपहरु झुठा भएको बताएका छन।
नेकपा एमाले बागमती प्रदेश कमिटीले दरबारमार्गमा आज गरेको जागरण सभालाइ सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन।
अध्यक्ष ओलिले एमाले पार्टी कागले कान लग्यो भनेर कागको पछि नलागि पहिले आफ्नो कान छाम्ने पार्टी भएकोले जतिसुकै हल्ला गरेपनी पार्टीलाई फरक नपर्ने बताए ।
पछिल्लो दिनमा केपी शर्मा ओलिले कम्बोडियाको एक टेलिकममा नेपाली रुपैया झन्डै ३२ अरब लगानी गरेको कुरा सामाजिक संजालमा व्यापक हल्ला भएको थियो।
बिना प्रमाण कार्यकारी प्रधानमन्त्री ओलि माथी आरोप लाउने दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरि हाल हिरासतमा राखेर छानबिन गरिरहेकोछ।प्रधानमन्त्री ओलिले आफू र पार्टीमाथी लगाएको आरोप निराधार रहेकोले त्यस्ता हल्लाको पछाडि नलाग्न आम कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेकाछन।
त्यस्तै उनले ८३ सालसम्म आफै प्रधानमन्त्री हुने र त्यसपछि शेरबहादुर देउवा १८ महिना प्रधानमन्त्री हुने ,त्यही सरकारले चुनाव गराउने भएकोले सरकार आजै ढल्छ,भरै ढल्छ भन्नेलाई सरकार ढल्ने दिवा सपना कसैले नदेख्न चेतावनी दिए।
जतिसुकै नेकपा एमाले पार्टी प्रती जनतामा भ्रम फिजाउने कोसिस गरेपनी त्यो पूरा नहुने बरु जनताको सपना पुरा गराउन सफल भएर छाड्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलि भन्दा पहिला नेकपा एमालेका महासचिव सङ्कर पोख्रेलले सभालाई सम्बोधन गरेका थिए।
काठमाडौको विभिन्न ठाउँबाट निकालेको र्याली जगरण सभामा परिणत भएको थियो।आजको कार्यक्रमक अत्यन्त सब्य,भब्य र शान्तिपूर्ण ढंगले सम्पन्न भएको थियो।
सम्बादाता
- २०८१-०८-०८
एक बर्ष अगाडि
७,पुष पोखरा ।रास्वपा सभापति रबि लामिछानेको सांसद पद निलम्बन हुने भएकोछ ।
कास्को प्रहरीको उच्च स्र
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!