गोकर्णेश्वरमा पाठेघरको मुखको क्यान्सरको निशुल्क परिक्षण सम्पन्न
सम्बादाता
२०८१-०८-१०
599
Shares
१० मङ्सिर काठमाडौ ।गृहिणी महिला संघ नेपाल र गोकर्णेश्वर नगरपालिका द्वारा आयोजित एक दिने शिबिर आज सोमबार गोकर्णेश्वर -९ को बिद्याब्यायम स्कुलमा सम्पन्न भयो।
गोकर्णस्वर नगरपालिकामा बसोबास गर्ने महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परिक्षण गरिएको हो।
७२ जना को परिक्षण गरिएको उक्त शिबिरमा १० जनामा पोजिटिभ देखिएको र प्रारम्भिक उपचार गरिएको स्त्री रोग विशेषज्ञ डा.कस्तुरी मल्लले बताइन।
स्वास्थ शिबिरमा गोकर्णस्वर नगरपालिका प्रमुख दिपक रिसालले सम्पुर्ण महिलाहरुलाइ निर्धक्क भएर स्वास्थ परिक्षण गराउनु हुन र कुनै समस्या देखिएमा नगर जहिले पनि नगरबासिको स्वास्थको लागी तत्पर रहेको जानाकारी दिए।
गोकर्णस्वर नगरपालिका भित्र १२ ठाउँमा यस्तो खालको शिबिर सन्चालन हुने गृहिणी महिला संघको अध्यक्ष अमृता शर्माले बताइन।सहभागीहरु घर दैलोमा यस्तो खाले महत्वपूर्ण स्वास्थ शिवीर आएकोमा खुसी भए।
सम्बादाता
२०८१-०८-१०
599
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!