विपक्षी दलले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र,प्रधानमन्त्रीको पार्टीले लिएको जग्गा दानको गरे बिरोध
सम्बादाता
२०८१-०७-०६
47
Shares
६ कार्तिक ,काठमाडौं ।नेकपा माओवादी केन्द्र सहित विपक्षी पाच दलले सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएकाछन।
प्रधानमन्त्री केपी शर्मा ओलिलाई सम्बोधन गरिएको ज्ञापन पत्रमा सरकारको खरो आलोचना गरिएकोछ।
प्रधानमन्त्री ओलिलाई बालुवाटारमा भेटेर ज्ञापनपत्र बुझाउदै उनिहरुले सरकार एक सय दिन पुग्न लाग्दा समेत प्रतिबद्धता अनुसार काम नभएको भन्दै असन्तुष्टि पोखेकाछन।
दुई ठुला दल बिच ७ बुदे सम्झौता अनुसार बर्तमान सरकार निर्माण भएको थियो।जस अनुसार जनताको अपेक्षा अनुसारको काम गर्नु पर्ने ठाउँमा सुशासन कायम गर्न नसकेको आरोप पत्रमा उनीहरुले लगाएकाछन।
दुई ठुला दलको कारण लोकतन्त्र कमजोर भएको भन्दै सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका अध्यक्ष ,प्रधानमन्त्री केपी शर्मा ओलिले मुद्दा खेपिरहेका ब्यापारीबाट जग्गा दान लिने कार्य गर्नु गलत हो भनिएकोछ।
विपक्ष दलप्रती गरिएको व्यबहार पनि ठिक नभएकोले सरकार र दुई दललाई सच्चिन समेत उनिहरुले आग्रह गरेकाछन।
ज्ञापनपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहले हस्ताक्षर गरेका छन्
प्रतिक्रिया