कोशी प्रदेश सरकारले माघ ११,१२ र १३ गते लगानी सम्मेलन गर्ने।

कोशी प्रदेश सरकारले माघ ११,१२ र १३ गते लगानी सम्मेलन गर्ने।

२ मङ्सिर बिराटनगर ।कोशी प्रदेश सरकारले ८१ सालदेखि  ८२ साल भित्र गरिने महत्वपूर्ण तीन योजनाहरु सार्बजनिक गरेकोछ।

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले "रेड सम्बाद"कार्यक्रममा कुरा गर्दै समृद्ध प्रदेश बनाउने उदेश्य बोकि सरकारले तीन योजना सार्बजनिक गरेको कुरा  बताएका हुन।

कोशी प्रदेशमा लगानी भित्राउने उदेश्य बोकि कोशी प्रदेश  सरकारले आगामी माघ ११,१२ र १३ गते कोशी प्रदेशमा  लगानी सम्मेलन आयोजना गर्ने भएकोछ ।

यस किसिमको  कार्यक्रम कोशी प्रदेश र प्रदेश सरकार  मध्येकै पहिलो कार्यक्रम बताइएकोछ।यसका लागि सम्पुर्ण तयारी पूरा गरिसकेको समेत  जनाइएकोछ।

त्यसैगरी प्रदेश सरकारले नेपालको चिया बिश्व बजारमा  ब्रान्डिङ गर्ने उदेश्य बोकि  आगामी बैशाख ,जेठ महिनामा  चिया सम्मेलन  गर्ने तय समेत  गरिसकेकोछ।

आन्तरिक तथा बिदेशी पर्यटकलाइ भित्राउने उदेश्य राखी कोशी प्रदेश सरकारले २०८२ साललाइ पर्यटन बर्ष मनाउने घोषणा गरेकोछ।मुख्य मन्त्रीको अध्यक्षतामा बैठक बसेर कोशी प्रदेश सरकारले सम्पुर्ण तयारी  गरिसकेकोछ।

७ प्रदेशका नागरिक तथा बिश्वभरी छरिएर रहेका आम नेपालीहरु र बिदेशी पर्यटकहरुलाइ उल्लेख रूपमा भित्र्याइ  कोशी प्रदेश भित्र रहेका अनुपम प्राकृतिक झरना,खोलानाला, हिमालहरु ,धार्मिक तथा पर्यटकिय स्थल यहाँको सस्कार सस्कृती ,रितिरिवाज सबै सामु पुर्याउने कोशी प्रदेश सरकारले लक्ष्य  लिएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अख्तियारमा घुस रकम बोकेर पुगेका प्रमुख प्रशासकिय अधिकृत पक्राउ
एक बर्ष अगाडि

काठमाडौँ ।सुन्दा पनि अचम्म लाग्छ ,स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत घुस बोकेर अख्तियार पुग्छन ...

छुटाउनुभयो कि ?

TOP