५ कार्तिक ,काठमाडौ ।रास्वपा सभापति तथा पुर्ब गृहमन्त्री रबि लामिछानेलाई ६ दिनको म्याद थप गरेकोछ।
कास्की जिल्ला अदालतले थप अनुसन्धान गर्न म्याद थप गरेको हो।
आइतबार सरकारी वकिल र लामिछाने पक्षधर वकिलहरुको लामो बहसपछि अदालतले सो निर्णय लिएको थियो।
गत शुक्रबार रबि लामिछानेलाई काठमाडौबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर पोखरा पुराएको थियो।
भोलि पल्ट शनिवार परेकोले थपिएको म्याद ६ दिन सोही दिनबाट गणना हुनेछ।
लामिछाने पक्राउ परे लगतै उनका शुभचिन्तक ,कार्यकर्ताले बिरोध सुरु गरेका थिए।
शनिवार र आइतबार पनि काठमाडौ ,पोखरा लगायत विभिन्न ठाउँमा बिरोध प्रदर्शन भैरहेकोछ।
सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा दुरुपयोग भएको भन्दै सरकारले लामिछानेलाई पक्राउ गरेको थियो।
लामिछाने पक्राउ परेपछि नेपाल सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेकोछ।
छानबिन समितिले गरेको सिफारिसलाई सरकारले कार्यन्वायन गरेको र यो क्रम जारी रहने सरकारका प्रबक्ता मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
रबि लामिछानेले भने प्रधानमन्त्री ओलिको बिरोध गरिरहेकाछन।
सम्बादाता
- २०८१-०७-०५
एक बर्ष अगाडि
२ मङ्सिर बिराटनगर ।कोशी प्रदेश सरकारले ८१ सालदेखि ८२ साल भित्र गरिने महत्वपूर्ण तीन योजनाहरु सार्बजन
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!