एमाले सचिबालय बैठक निर्णय :भिम रावल ,बिन्दा पाण्डे र उषा किरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने

एमाले सचिबालय बैठक निर्णय :भिम रावल ,बिन्दा पाण्डे र उषा किरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने

४ कार्तिक काठमाडौ ।नेकपा एमालेको आज बसेको सचिबालय बैठकले तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकोछ।

आइतबार बसेको केन्द्रीय सचिवालय,च्यासल  बैठकले नेता रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

ब्यबासायी मीन बहादुर गुरुङले किर्तिपुरमा एमाले पार्टीलाई दिएको जग्गा दान सम्बन्धिमा उनिहरुले खुलेर त्यसको बिरोध गरेका थिए।

एक बर्ष भित्र उनै व्यावसायि गुरुङले भवन समेत हस्तान्तरण गर्ने गरि पार्टी अध्यक्ष केपी ओलिले शिलन्यास गरिसकेकाछन।

पार्टी भित्र समसामयिक विषय लगायत सबै विषयमा एक मतले बिचार राख्नुपर्ने र पार्टी हित बिपरित बिचार राख्नेलाइ कार्बाही हुनुपर्ने माग सचिबालय बैठकमा उठेकोछ।

पार्टीलाई प्राप्त भएको जग्गा  दान ,निर्माण हुने भवन गलत नभएकोले  त्यस्को  पक्षमा खुलेर  कुराहरू  राख्नुपर्ने  भन्दै बैठक टुङ्गिएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कोशी प्रदेश सरकारले माघ ११,१२ र १३ गते लगानी सम्मेलन गर्ने।
एक बर्ष अगाडि

२ मङ्सिर बिराटनगर ।कोशी प्रदेश सरकारले ८१ सालदेखि ८२ साल भित्र गरिने महत्वपूर्ण तीन योजनाहरु सार्बजन ...

छुटाउनुभयो कि ?

TOP