सरकारको पार्टी फुटाउने अध्यादेशले बिपक्ष पार्टी एक जुट हुदै

सरकारको पार्टी फुटाउने अध्यादेशले बिपक्ष पार्टी एक जुट हुदै

विपक्षी दलहरूले सरकारमाथि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी विभाजनको प्रयास गरेको आरोप लगाएका छन्।

शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकमा सरकारको उक्त कदमले पार्टीहरू विभाजनको दिशामा लैजाने आशंका गरिएको छ।

विपक्षी दलहरूको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आजपाका अध्यक्ष प्रभु साहले अध्यादेशको प्रतिवाद गर्नका लागि सबै विपक्षी दलहरू एकजुट हुने निर्णय भएको जानकारी दिए।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको रवैया लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको भन्दै विपक्षी दलहरू चुप लागेर बस्न नहुने धारणा व्यक्त गरे।

उनले सरकारको विभाजनकारी नीतिका विरुद्धमा एकजुट भएर संघर्ष गर्ने समझदारी बनेको समेत बताए।

विपक्षीहरूले सरकारको रणनीति राजनीतिक अस्थिरता निम्त्याउन र आफूहरूको शक्तिलाई कमजोर पार्न लक्षित रहेको आरोप लगाएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिराटनगर भन्सार कार्यालयले संकलन गर्यो २ अर्ब २५ करोड राजस्व
एक बर्ष अगाडि

२९ कार्तिक, बिराटनगर ।बिराटनगर भन्सार कार्यलयले बिहिवार सम्म २ अरब २५ करोड राजस्व संकलन गरेकोछ। य ...

छुटाउनुभयो कि ?

TOP