बिराटनगर भन्सार कार्यालयले संकलन गर्यो २ अर्ब २५ करोड राजस्व

बिराटनगर भन्सार कार्यालयले संकलन गर्यो २ अर्ब २५ करोड राजस्व

२९ कार्तिक, बिराटनगर ।बिराटनगर भन्सार कार्यलयले बिहिवार सम्म २ अरब २५ करोड राजस्व संकलन गरेकोछ।

यो महीना अझै दुई दिन बाकी रहेकोले अघिल्लो  महिनाको तुलनामा अझै प्रगति हुने अपेक्षा लिएको बिराटनगर भन्सार कार्यलयका प्रमुख ज्ञानेन्द्र राज ढकालले रेड मिडियालाई बताए ।

भन्सार कार्यलयले गत महिना २ अरब ४६ करोड राजस्व सड्ढलन  गरेको थियो।असोज महिना र कार्तिक महिनामा लामो सार्बजनिक बिदा परेकोले निकासी पैठारीमा नकारात्मक प्रभाव  परेको भएपनी नेपाल सरकारले लिएको लक्ष्य पूरा हुने भन्सार प्रमुख ढकालले दाबी गरेकाछन।

राजस्व नियन्त्रणमा स्थानीय प्रशासन,स्थानीय निकाय ,प्रहरी ,ससस्त्र , अनुसन्धान बिभाग   लगायतको एकीकृत प्रयास भैरहेकोछ।चोरी ,निकासीलाई पुर्ण रूपमा बन्देज गर्न भन्सार कार्यलयको सक्रियताको कारण गएको बर्ष मात्रै १२ सय जनालाई मुद्दा चलाएर कार्बाही गरेको बिराटनगर भन्सार कार्यलयले उल्लेख गरेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भैरहवा बिमानस्थलमा प्रहरी र कर्मचारीको मिलेमतोमा सुन तस्करी
एक बर्ष अगाडि

भैरहवा ।काठमाण्डौस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा जांचमा कडाइ हुन थाले पछि भैरहवास् ...

छुटाउनुभयो कि ?

TOP