२८ कार्तिक बिराटनगर ।सत्ता साझेदार दल नेपाली काङ्ग्रेस र नेकपा( एमाले)ले आज बिराटनगरमा पहिलो बैठक बसेर महत्वपूर्ण निर्णयहरु सार्बजनिक गरेकाछन।
कोशी प्रदेश स्तरीय दुई दलिय सम्यन्त्रको पहिलो बैठक बसि पत्रकार सम्मेलन मार्फत निर्णयहरु सार्बजनिक गरेका हुन।पुर्ब मुख्य मन्त्री शेरधन राइको अध्यक्षतामा बसेको बैठकले दुई दलिय प्रदेश सम्यन्त्रको बैठकको अध्यक्षता पालैपालो गर्ने निर्णय गरेकछन।
त्यसै गरि नेपाली काङ्ग्रेसका प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापालाइ सम्यन्त्र सदस्यमा समेत बैठकले थप्ने निर्णय गरेकोछ।
आगामी मङ्सिर १४ गते शुक्रबार दुई दलिय सम्यन्त्र र प्रदेश सरकारसग संयुक्त बैठक बसि प्रदेश सरकारको कामलाई अझै प्रभाबकारी बनाउने समेत उनीहरुले निर्णय गरेकाछन।
आजको छलफलमा आगामी मङ्सिर २९ गते बिराटनगरमा कोशी प्रदेश तहमा १४ जिल्लाका जिल्ला सम्यन्त्र सदस्यहरु सयुक्त बैठक बस्ने निर्णय पनि सार्वजनिक गरेकाछन।
प्रदेश सम्यन्त्रबाट सहजीकरण गरि एक हप्ता भित्र जिल्ला सम्यन्त्र गठन गर्ने सहमति गरेकाछन। दइ दलले सार्बजनिक सेवा प्रबाहलाई प्रभावकारी बनाउदै भ्रष्टाचारलाई अन्त्य गर्न सबै सम्यन्त्रको परिचालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकाछन।
उक्त प्रेस बिज्ञप्तिमा नेकपा ऐमालेको तर्फबाट पुर्ब मुख्यमन्त्री शेरधन राई ,कोशी प्रदेश मुख्य मन्त्री हिक्मत कुमार कार्की र प्रदेश परिषद कमिटी अध्यक्ष घनश्याम खतिवडाको हस्ताक्षर रहेकोछ।
- २०८१-०७-२८
एक बर्ष अगाडि
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!