काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन्।
प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो।
युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ। अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए।
१३ कार्तिक ,काठमाडौ ।यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराज आज मंगलब ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!