रबि लामिछानेलाई पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।

गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै प्रहरीले पक्राउ गरिसकेको छ । आफ्ना नेता,कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आउन निर्देशन दिएको छ। रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका हुन् ।

एक नेताले दिएको जानकारी अनुसार पार्टी सभापति रवि लामिछानेसहितका नेता-कार्यकर्ता अहिले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा छन् । गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक रहेका पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।

गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
2 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP