अमेरिकामा आधिको कारण मृत्यु हुनेको सङ्ख्या २ सय नाघ्यो

अमेरिकामा आधिको कारण मृत्यु हुनेको सङ्ख्या २ सय नाघ्यो

काठमाडौं । अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ

बिबीसीका अनुसार ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । आँधीमा परेका थप नागरिकहरूको अमेरिकी उद्धारकर्मीहरूले खोजी गरिरहेका छन्।

आँधीका कारण ज्यान गुमाउने धेरै नागरिक नर्थ क्यारोलिनाका रहेका छन् । सन् २००५ मा आएको क्याट्रिना नामको तुफानपछि हेलेन अत्यधिक घातक आँधी साबित भएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् । क्याट्रिना आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो ।

हेलेन आँधीले आएको एक हप्ता बितिसक्दा पनि सयौं मानिस अझै बेपत्ता छन् र करिब ८ लाख घरहरूमा अझै पनि बिजुली अवरुद्ध छ । नर्थ क्यारिलोनामा दशौं हजार मानिस पानीको सुविधाबाट पनि बञ्चित भएका छन् । समाचार संस्था एपीका अनुसार सयौं सडकहरू बन्द छन् जसले गर्दा सहायता सामग्री पठाउन पनि अप्ठ्यारो भइरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन् ।

प्रभावित क्षेत्रको अवलोकनपछि बाइडेनले प्रभावितहरूसँग भने, ‘मैले तपाईंहरूलाई देखिरहेको छु, सुनिरहेको छु र म शोकमा सँगै छ । साथै म प्रतिज्ञा गर्छु कि हामी तपाईंको साथमा छौं ।’

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

यल्लो टाइगरको दोश्रो दिनको देउसी कार्यक्रममा झनै थपियो रौनक
एक बर्ष अगाडि

१६ कार्तिक काठमाडौ ।एल्लो टाइगर इन्टरटेन्मेन्ट एन्ड मुभिज खरिबोट बनस्थलली काठमाडौले पुर्ब घोषित कार् ...

छुटाउनुभयो कि ?

TOP