स्थानीय निकाय भ्रष्टाचारमा चुर्लुम्म:पहिलो नम्बरमा पोखरा र दोश्रो नम्बरमा काठमाडौ महानगरपालिका

स्थानीय निकाय भ्रष्टाचारमा चुर्लुम्म:पहिलो नम्बरमा पोखरा र दोश्रो नम्बरमा काठमाडौ महानगरपालिका

काठमाडौँ । अख्तियार दुरुपयोग र भ्रष्टाचारको मामलामा स्थानीय सरकार निकै अगाडि देखिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार पोखरा महानगरपालिका र काठमाडौँ महानगरपालिकामा बढी भ्रष्टाचार हुने गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य छन् । भ्रष्टाचारको सबैभन्दा बढी विरोधी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह हुन् ।

तर, शाहलेनै नेतृत्व गरेको महानगर दोस्रो बढी भ्रष्टाचार हुने स्थानीय सरकार भएको अख्तियारमा पर्ने उजुरीले प्रमाणित गरेको छ आयोगको ३४ औँ वार्षिक प्रतिवेदन (२०८०/०८१) अनुसार स्थानीय तहका निकायविरुद्ध परेका कुल उजुरीमध्ये पोखरा महानगरपालिका पहिलो नम्बरमा छ भने काठमाडौँ महानगर दोस्रो नम्बरमा छ ।

पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, जनकपुर उपमहानगरपालिका क्रमशः तेस्रो, चौथो र पाँचौँ नम्बरमा छन् ।बढी भ्रष्टाचारको उजुरी पर्ने १० स्थानीय तहमध्ये छैटौँ नम्बरमा छिपहरमाई गाउँपालिका, सातौँमा कृष्णनगर नगरपालिका, आठौँमा जलेश्वर नगरपालिका, नवौँ स्थानमा राजपुर नगरपालिका र १० औँ स्थानमा हेटौँडा उपमहानगरपालिका छन् ।

बढी उजुरी पर्ने १० स्थानीय तहमा स्थानीय तहविरुद्धका कुल उजुरीको ९.९८ प्रतिशत छन् भने बाँकी स्थानीय तहसँग सम्बन्धित ९० प्रतिशतभन्दा बढी उजुरी रहेका छन्,’ अख्तियारको प्रतिवेदनमा लेखिएको छ ।

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

राष्ट्रिय किसान आयोगले गरेको बजार अनुगमनले फूलका किसानहरु उत्साहित
एक बर्ष अगाडि

१६ कार्तिक काठमाडौ ।राष्ट्रिय किसान आयोगले लक्ष्मी पुजाको दिन बजारमा बिक्रीमा राखिएका फुलहरुको अनुगम ...

छुटाउनुभयो कि ?

TOP