भरतपुर भ्रमण बर्ष २०२४ युरोप शाखा सदस्यमा पुस्तक रेग्मी ।

भरतपुर भ्रमण बर्ष २०२४ युरोप शाखा सदस्यमा पुस्तक रेग्मी ।

 चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ । 

नगर प्रमुख रेनु दाहालले उपसमितिको सदस्यमा युरोपाटिका सम्पादक पुस्तक रेग्मीलाई मनोनयन गरेका  छन् । रेग्मी नेपाल पत्रकार महासंघ युरोप शाखा र  नेपाल प्रेस युनियन युरोप शाखाको कार्यसमिति सदस्य समेत रहेका छन् । 

युरोपाटिसहित विभिन्न मिडियामा आबद्ध भइ पत्रकारितामा क्रियाशील रहँदै आएका रेग्मीले युरोपमा रहेका प्रवासी नेपालीको अवस्था, नेपालीका सामाजिक गतिविधि, समसामयिक घटना तथा प्रवासमा नेपालीले भोग्नुपरेका समस्यालगायतका विषयमा कलम चलाउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, पर्यटकको संख्या र बसाई अवधि वृद्धि गर्ने तथा दीगो पर्यटन विकासका लागि पत्रकार रेग्मीलाई सदस्य मनोनित गरिएको नगर प्रमुख दाहालले प्रदान गरिएको पत्रमा उल्लेख छ । 

महानगरले सामाजिक तथा आर्थिक परिवर्तन गर्ने उद्देश्यले बृहत अभियान स्वरुप भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको सन्दर्र्भमा निजी क्षेत्रसँगको सहकार्यमा पनि अभियान सञ्चालन भइरहेको नगर प्रमुख दाहालले रेग्मीलाई प्रदान गरेको पत्रमा उल्लेख छ ।सोही अनुरुप विभिन्न उपसमिति गठन गरि प्रचारप्रसार गरिनुका साथै अन्य मूलुकमा बस्ने नेपालीहरुलाई पनि समट्दै अभियान भैरहेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलि र बाङ्लादेशकि मन्त्री बिच भेट
एक बर्ष अगाडि

१७,असोज, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका बंगलादेशकी वन, वातावरण, जलवाय ...

छुटाउनुभयो कि ?

TOP