महालक्ष्मी नगरपालिका -७ ले तिज कार्यक्रम मनायो

महालक्ष्मी नगरपालिका -७ ले तिज कार्यक्रम मनायो

१९ भदौ ललितपुर ।महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाङ्गाथलिले आज तीज विशेष कार्यक्रम मनायो ।

उपमेयर लक्ष्मि महर्जन  प्रमुख अतिथी र वडा अध्यक्ष बाबुराजा महर्जन सभाध्यक्ष रहेको कार्यक्रममा,वडा सदस्यहरु समाजसेवी र बिशेष गरि वडा ७ का महिला दिदी बैनिहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा तीजको धार्मिक र बैज्ञानिक महत्वको विषयमा डा.टीका ढकालले सहभागीलाई बताएपछि कार्यक्रममा गित संगीतको माहौल बन्न पुगेको थियो।

जनप्रतिनिधिहरुको समेत शुभकामना आदानप्रदान कार्यक्रमले उत्साहित झन्डै ७ सय महिलाहरु गायिका बिष्णु माया पौडेलको गायनमा छमछ्मी नाच्दै रमाउदै थिए।

समाजसेवी तथा त्यसै वडाका कर्मचारी सृर्जना घिमिरेको कार्यक्रम सन्चालन/ब्यबस्थापनले आम मानिसहरूमा हौसला थपेको थियो।

आजको दर खाने सम्पुर्ण खर्चको ब्यब्स्थापन त्यसै वडा कार्यलयले मिलाएको वडा अध्यक्ष बाबुराजा  महर्जनले बताए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलि र बाङ्लादेशकि मन्त्री बिच भेट
एक बर्ष अगाडि

१७,असोज, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका बंगलादेशकी वन, वातावरण, जलवाय ...

छुटाउनुभयो कि ?

TOP