नेपाल बुद्दिजिबी परिषद महिला बिभागले मनायो अनौठो तीज कार्यक्रम
सम्बादाता
२०८१-०५-१७
435
Shares
१६ भदौ काठमाडौ ।तिज नजिकिएसगै शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम चलिरहेकाछन यतिबेला सबैतिर ।महिला दिदिबहिनीहरुलाइ भ्याइ नभ्याइ छ।यो क्रम हरितालिका तीज सम्मनै चलिरहन्छ।
जति पनि यस्ता कार्यक्रम भैरहेकाछन मात्र मनोरंजनको लागि भैरहेका देखिन्छ्न।तर आज काठमाडौको एक होटलमा बिल्कुल फरक कार्यक्रम चल्यो।
अन्य तीजका कार्यक्रममा दर खाने ,गाउने र नाच्ने मात्र हुन्थे।तर यहाँ भने ती सबै त भए तर रमाइलो सगै देशको चिन्ता गरेको पाइयो।जस्तोसुकै गितमा पनि नाच्न तम्सिने दिदिबहिनीहरुको लागि भने बिल्कुलै यो कार्यक्रम त्यस्तो थिएन।
बिष्णु माझीको गीतबाट कार्यक्रम समुद्घघाटन भएको थियो।नेपाल बुद्दिजिबी परिषद महिला बिभागले आयोजना गरेको कार्यक्रमको मुख्य आकर्षण नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल थिए।उनले तीज सस्कृतको महत्वको बारेमा उल्लेख गर्दै मौलिक सस्कृतिमाथीको आक्रमणबाट जोगाउनु पर्ने कुरा सबैमा अपिल गरेका थिए।
त्यसैगरी नेकपा एमाले नेता भानुभक्त ढकालले तीज पर्व र यस्को गरिमा जोगाउन गर्नुपर्ने कामहरुको बिषयमा महत्त्वपूर्ण बिचार व्यक्त गरेका थिए।प्रदेश सदस्य माननीय तथा बुद्धिजिबि परिषद अध्यक्ष डा.दिनेशचन्द्र देबकोटा,,नेकपा एमाले पोलिट ब्युरो सदस्य सुजिता शाक्य,प्रा.डा.गिता त्रीपाठीले राखेका बिचारहरुमा सहभागीले परर ताली बजाएर उनिहरुले राखेका बिचारलाई अनुमोदन गरिदिएका थिए।
प्यानलिस्ट छलफलमा मानव अधिकार आयोग सदस्य लिलि थापा ,पत्रकार निर्मला शर्मा र बुद्धिजिबि परिषद सदस्य बिधान आचार्य खुलेर आ-आफ्ना गहकिला बिचारहरु राखेका थिए।
उल्लेख्य सहभागी रहेको सो कार्यक्रमको अध्यक्षता भने बुद्धिजिबि परिषद सचीव /महिला बिभाग प्रमुख डा.टीका ढकालले गरेकी थिइन् ।उनले स्वागत मन्तव्य समेत राखेकी थिइन । भरिभराउ हलमा उच्च तहका बुद्धिजिबि महिलाहरुको सहभागिता रहेको कार्यक्रममा सन्चार माध्यमको पनि बाक्लो उपस्थिती रहेको थियो।
औपचारिक कार्यक्रम सुरु हुनु अगाडी गायिका /सन्चार्कर्मी बिष्णु माया पौडेलले गित गाएर सबैलाई छमछ्मी नचाएकी थिइन ।
सामाजिक रुपान्तरणको लागि तीज समसामयिक बिमर्श कार्यक्रमलाई महिला बिभाग सदस्य शिर्जना घिमिरेले कुशल ढंगले कार्यक्रम सन्चालन गरेकी थिइन।
खद्दरको साडीमा सजिएका दिदीबहिनीले खुशी हुँदै दर खाएर बिदा हुनु अगाडि उपस्थित अतिथि ,सहभागिहरु सबैले तीजको मौलिक गितमा नाचेपछी आजको कार्यक्रम समापन हुन पुगेको थियो।
सम्बादाता
२०८१-०५-१७
435
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!